२०८३ जेष्ठ ६, बुधबार | Wed, 20, May, 2026

बेलौरी: श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक विकास मन्त्री खड्काद्वारा अनुगमन


  • २०८२ मंसिर १, सोमबार मा प्रकाशित ६ महिना अघि
  • ७७१ पाठक संख्या
  • माधब पौडेल, ०१ मंसिर। कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथामिक स्वास्थ्य केन्द्रको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का तथा कञ्चनपुर क्षेत्र नम्बर १ ख बाट निर्वाचित प्रदेशसभा सदस्य एवं विधायन समिति सभापति दिवान सिंह बिष्टले सोमबार अनुगमन गर्नुभएको छ।

    अनुगमनका क्रममा स्वास्थ्य केन्द्रले दिँदै आइरहेको सेवा,संरचनागत अवस्था तथा सेवा विस्तार,स्वास्थ्य बीमा मार्फत औषधि वितरणको विषयमा श्रीपुर प्राथामिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द विष्टले मन्त्री खड्का समक्ष जानकारी गराउँदै एम्बुलेन्स सेवा,डिजिटल एक्सरे,डिजिटल भिडियो एक्सरेको अभाव,निर्माणाधीन १५ शैयाको अस्पताललाई प्रदेशिक अस्पतालमा स्तरोन्नति, तथा जनशक्ति व्यवस्थापन जस्ता आवश्यकताहरू समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभयो।

    अनुगमनका क्रममा बोल्दै सामाजिक विकास मन्त्री मेघराज खड्काले श्रीपुर प्राथामिक स्वास्थ्य केन्द्रले माग गरेका विषयमा मन्त्रालय सकारात्मक रहेको बताउँदै जनशक्ति व्यवस्थापनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन लागि प्रदेशसभा सदस्य दिवान सिंह बिष्टले स्वास्थ्य सेवा जनताको आधारभूत हक भएकाले प्रदेश सरकारले यस्ता मागलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट