२०८२ कार्तिक २१, शुक्रबार | Fri, 07, Nov, 2025

बेलौरीमा दीपावली, छठ र नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम


  • बेलौरी अनलाईन
  • २०८२ आश्विन ३०, बिहिबार मा प्रकाशित ३ हफ्ता अघि
  • ४३२ पाठक संख्या
  • माधब पौडेल,३० असोज।कञ्चनपुरको बेलौरीमा रहेको नगर खेलकुद समितिको आयोजनामा शुभ दीपावली छठ पर्व तथा नेपाल संवतको उपलक्ष्यमा बेलौरी नगरपालिकाको सभाहलमा बिहीबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमको सभापति नगर खेलकुद समिति अध्यक्ष रामेश्वर न्यौपाने, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, विशिष्ट अतिथि बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरी,प्रमुख प्रशासकिय अधिकृत रमेश बहादुर बुढाथोकी, अतिथिमा बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल, बेलौरी नगरपालिकाका वडा नम्बर ७ वडाध्यक्ष प्रकाश श्रेष्ठ, बेलौरी नगरपालिका वडा नम्बर ८ वडाध्यक्ष बिसराम चौधरी,तत्कालीन श्रीपुर खेलकुद समितिका अध्यक्ष बाबुराम न्यौपाने, वडा खेलकुद समितिका पदाधिकारी,नेपाली कांग्रेसका बेलौरी नगर समितिका सभापति पेपुराम चौधरी, नेकपा एमाले बेलौरी नगर कमिटी अध्यक्ष नमराज शाही, नेकपा माओवादी केन्द्र बेलौरी नगर कमिटी सहसचिव राजु बहादुर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि,राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि,पालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक लगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य नगर खेलकुद समितिका सदस्य भूपेन्द्र शाहीले राख्नुभएको थियो।कार्यक्रममा उपस्थिति भएका सम्पूर्ण अतिथिहरुले शुभ दीपावली छठ पर्व तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए।कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरीले हामी नेपालीहरूको घरआँगनमा आउँदै गरेको शुभ दीपावली छठ पर्व तथा नेपाल संवतको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै बेलौरी नगरपालिकालाई समग्र विकासका लागि नयाँ सोचका साथ अगाडी बढ्न सके समृद्ध बनाउन सकिने बताउनुभयो।कार्यक्रममा बोल्दै बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष प्रकाश श्रेष्ठले शुभ दीपावली छठ पर्व तथा नेपाल संवतको शुभकामना ब्यक्त गर्दै नगर खेलकुद समितिले बजेटलाई पारदर्शी तरिकाले सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले शुभ दीपावली छठ पर्व तथा नेपाल संवतको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै बेलौरी नगरपालिकाले पालिकाको समग्र खेलकुद विकाशका लागि आवश्यक बजेट विनियोजित गर्दै आइरहेको बताउनुभयो।सरकारले पालिकामा आउने बजेटले सबै क्षेत्रलाई समेट्नुपर्ने भएकाले खेलकुद क्षेत्रमा पर्याप्त बजेट विनियोजित गर्न नसकिएको बताउनुभयो।सकारात्मक सोचका साथ हिड्न सके यस क्षेत्रको विकाशका लागि अगाडि बढाउन सकिने बताउनुभयो।

    कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका सभापति तथा नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले नगर खेलकुद समितिले आयोजना गरेको कार्यक्रमका आफनो अमूल्य समय दिएर कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै शुभ दीपावली छठ पर्व तथा नेपाल संवतको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नुभयो। नगर खेलकुद समितिकले सबै खेलकुदका कार्यक्रम गर्नका लागि बजेट अभावका कारण सबै खेललाई समेट्न नसकेको बताउनुभयो।कार्यक्रमको सहजीकरण बेलौरी नगर खेलकुद समितिका सदस्य तेज बहादुर चन्दले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट