माधब पौडेल,१० भाद्र।कञ्चनपुरको बेलौरीना अखिल नेपाल महिला संघ नगर कमिटि बेलौरीको आयोजना एवं नेकपा एमाले बेलौरी नगर कमिटीको व्यवस्थापनमा हरितालिका तिज विशेष कार्यक्रम सोमबार सम्पन्न भएको छ।
बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित सिद्धार्थ होटल एण्ड फिस रिसोर्टमा आयोजित तीज विशेष कार्यक्रममा महिलाहरूले परम्परागत भेषभूषा र तीज पर्वसँग सम्बन्धित गीतमा नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको सभापति अखिल नेपाल महिला संघ बेलौरी नगर कमिटी अध्यक्ष चित्रकला चापागाईं,प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा कञ्चनपुर क्षेत्र नम्बर १ का इन्चार्ज कमला बोहरा,अतिथिमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य यज्ञ प्रसाद कँडेल, जिल्ला कमिटी सचिव पल्लवराज भट्ट, जिल्ला कमिटी सदस्य एवं बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, जिल्ला कमिटी सदस्यहरू इन्द्रदेव भट्ट, सुरेन्द्र शाही, महेश्वरी खत्री, जिल्ला सल्लाहकार परिषद् सदस्य तथा वडा नं. ४ का वडाध्यक्ष अर्जुन ढकाल, नेकपा एमाले बेलौरी नगर कमिटी उपाध्यक्ष सहवीर महतरा, प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी सदस्य टंक बोहरा लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले हरितालिका तीज पर्वको अवसरमा महिला दिदी बहिनीहरुलाई शुभकामना व्यक्त गर्दै तीज पर्वलाई परम्परागत र मौलिक ढङ्गले संरक्षण दिनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको सहजीकरण नेकपा एमाले बेलौरी नगरपालिका वडा नम्बर ४ कमिटी अध्यक्ष रितु गैरेले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस