२०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025

बेलौरीमा क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत पालिका स्तरीय अभिमुखीकरण सम्पन्न


  • २०८२ अषाढ ३, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • १५९ पाठक संख्या
  • माधव पौडेल, कञ्चनपुर,०३ असार। नेपाल सरकारको क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत देशभर विभिन्न सचेतनामूलक गतिविधिहरू तीव्र रुपमा अगाडि बढिरहेका छन् । सोही अभियानको सिलसिलामा कञ्चनपुरको बेलौरी नगरपालिकामा सरोकारवालाहरूको सहभागितामा बेलौरी नगरपालिकालाई क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत पालिका स्तरीय समिति गठन एवं अभिमुखीकरण सम्पन्न भएको छ।मंगलबार बेलौरी नगरपालिकाको सभाहलमा आयोजित नगर स्तरीय अभिमुखीकरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार र समुदायका सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।बेलौरी नगरपालिकाले अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिइने र समुदायको सक्रिय सहभागिता मार्फत क्षयरोग मुक्त समाज निर्माणमा योगदान दिने प्रतिबद्धता जनाएको छ । कार्यक्रमकै सिलसिलामा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीको संयोजकत्वमा २७ सदस्यीय नगरस्तरीय क्षयरोग नियन्त्रण समिति गठन गरिएको छ।यस समितिबाट आगामी दिनमा स्थानीय तहमा क्षयरोग न्यूनीकरणका लागि सहजीकरण, निगरानी र सचेतना प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रमको संयोजक दिनेश प्रसाद भट्टले क्षयरोगको अवस्था, संक्रमणको प्रकृति, उपचार प्रक्रिया, रोकथामका उपाय र समुदायस्तरमा आवश्यक सहकार्य बारे विस्तृत गराउनुभएको थियो।बेलौरी नगरपालिकामा जम्मा ४८ जना क्षयरोगका बिरामी रहेको तथ्याङ्कले देखाएको छ। सरकारले २०५० सम्म नेपाललाई क्षयरोग मुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ।यस अघि प्रत्येक वडामा क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत वडास्तरीय समिति गठन एवं अभिमुखीकरण सम्पन्न गरेको बेलौरी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सिअहेब मानबहादुर चन्दले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट