२०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025

बेलौरीमा पर्यावरणीय स्वास्थ्य र जलवायु परिवर्तन सम्बन्धी सरोकारवाला निकायहरु संग पैरवी तथा संवाद कार्यक्रम


  • २०८२ अषाढ ३, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • २१७ पाठक संख्या
  • माधब पौडेल,०३ असार। कञ्चनपुरको बेलौरी नगरपालिकामा प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र धनगढी कैलालीको आयोजना बेलौरी नगरपालिकाको सभाहलमा मंगलबार पर्यावरणीय स्वास्थ्य र जलवायु परिवर्तन सम्बन्धी सरोकारवाला निकायहरु संग पैरवी तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।पर्यावरणीय सम्बन्धी कार्यक्रममा नसर्ने रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी,लागू औषध, सुर्तीजन्य,र मदिरा पदार्थ सेवन नियन्त्रणका विषयक कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी,नगर उपप्रमुख जोगराम चौधरी, बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत झपिराज ओझा,शाखा प्रमुख,शिक्षक,स्वास्थ्यकर्मी, समाजसेवी, बुद्धिजीवी लगायत सञ्चारकर्मीहरुको उपस्थितिमा प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र धनगढी कैलालीका प्रमुख हेमराज खड्काले सहजीकरण गराउनुभएको थियो। भने जलवायु परिवर्तन सम्बन्धी स्वास्थ्य निर्देशनालयमा कार्यरत डाक्टर पुष्पराज उपाध्यायले सहजीकरण गर्नुभएको थियो।कार्यक्रमको सभापति बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनार रहनुभएको थियो। कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सुनारले पर्यावरणीय स्वास्थ्य र जलवायु परिवर्तनमा हामीहरू चनाखो रहनुपर्ने बताउँदै नियन्त्रण सम्बन्धी,लागू औषध, सुर्तीजन्य,र मदिरा पदार्थ सेवन नियन्त्रका लागि हामी सबै मिली रोक्न सके प्रभावकारी हुने बताउनुभयो। कार्यक्रमको समापनमा बोल्दै बेलौरी नगरपालिकाका नगरप्रमुख चौधरीले पालिकामा वर्षेनी बस्तीस्तरमा पसी दुःख दिइरहेको बताउँदै जङ्गली जनावरहरु मानवबस्तीमा नै पसी मानविय घट्ना घटाएको बताउनुभयो। लागू औषध नियन्त्रणका लागि पालिकाले नगर, वडामा विभिन्न कार्यक्रम गर्दै आइरहेको बताउनुभयो।कार्यक्रममा स्वास्थ्य शाखाका सिअहेब मानबहादुर चन्दले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट