२०८३ बैशाख २, बुधबार | Wed, 15, Apr, 2026

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको २०औं स्थापना दिवसको अवसरमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 


  • बेलौरी अनलाईन
  • २०८२ जेष्ठ २७, मंगलबार मा प्रकाशित १0 महिना अघि
  • ५३८ पाठक संख्या
  • माधब पौडेल, २७ जेष्ठ। कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ मा रहेको सहरी स्वास्थ्य केन्द्रमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बेलडाँडीको कार्यसमितिको आयोजना,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कंचनपुर जिल्ला कार्यसमितिको प्राविधिक सहयोग र बेलडाँडी गाउँपालिका वडा ४ कार्यालय वैवाहको समन्वयमा शहरी स्वास्थ्य केन्द्रमा मंगलबार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको २० औं स्थापना दिवसको अवसरमा आयोजित १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।कार्यक्रममा सभापति राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बेलडाँडीको कार्यसमितिका महेश खत्री,प्रमुख अतिथिमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय सदस्य कृष्ण नाथ योगी, विशिष्ट अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्ष्मी भट्ट ,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष पृतिधिर भण्डारी र बेलडाँडी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष वीर बहादुर खड्का, अतिथि शिक्षक महासंघ बेलौरी नगर अध्यक्ष प्रेम प्रसाद अधिकारी,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका प्रदेश सदस्य,पालिका समितिका उपाध्यक्ष सचिव बैवाह शहरी केन्द्रका प्रमुख लगायत विभिन्न संघ संगठनका प्रतिनिधिको उपस्थित रहेको थियो।आज सम्पन्न शिविरमा १ सय ३जनाले स्वास्थ्य परीक्षण गराएका थिए।कार्यक्रमको सञ्चालन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कंचनपुरका जिल्ला उपाध्यक्ष निलम चन्दले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट