माधब पौडेल,२२ जेठ। क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिकाको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित क्षयरोग खोज तथा परीक्षण शिविरमा जनाले सेवा लिनु भएको छ। श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिहीबार सञ्चालन गरिएको शिविरमा जम्मा ३५४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो जसमध्ये १०८ जना पुरुष महिला २४६ जना २८ जनामा क्षयरोगको सम्भावित लक्षण देखिएको छ।सम्भावित लक्षण देखिएका व्यक्तिहरुको नमुना परीक्षणका लागि धनगढी पठाइएको छ।शिविरमा महाकाली प्रादेशिक अस्पतालका तालिम प्राप्त डाक्टर रेडियोग्राफर, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रयोगशालाकर्मी सहितको विशेषज्ञ टोलीद्वारा क्षयरोग स्क्रिनिङ तथा ए आई जडित एक्सरे क्याम्प गरिरहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीका इन्चार्ज गोविन्द विष्टले जानकारी दिनुभयो। बेलौरी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सि.अ.हे.व. मान बहादुर चन्दको सहभागिता रहेको थियो ।
यस प्रविधिबाट क्षयरोगका सम्भावित बिरामीहरू पत्ता लगाउन सजिलो हुने भएकाले डिजिटल एक्सरे प्रयोग गर्न सहज हुने स्वास्थ्य कार्यालय कञ्चनपुरका क्षयरोग फोकल पर्सन नरेन्द्र रावलले जानकारी दिनुभयो।स्थानीयवासीको उल्लेखनीय सहभागिता र सरकारी संयन्त्रको समन्वयले यस अभियानले क्षयरोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस