माधव पौडेल,२३ बैशाख।कञ्चनपुरको बेलौरी नगरपालिकामा नगर भलमन्सा समितिको बखेरी कार्यक्रम मंगलबार सम्पन्न भएको छ।भेलाले नगर भलमन्साको अध्यक्षमा अमर चौधरीलाई पुन: सर्वसम्मत चयन गरेको छ।भेलाबाट समितिको सह-भलमन्सा पदमा गुरु प्रसाद चौधरी र सुरेश कुमार वडायक सचिवमा विक्रम बखरियालाई सर्वसम्मत चयन गरेको छ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले भलमन्सा ऐनका उद्देश्य र महत्वबारे जानकारी दिँदै यस ऐनको कार्यान्वयनले स्थानीय तहमा मेलमिलाप, आपसी समझदारी र विवाद समाधान प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने कुरा स्पष्ट पार्ने बताउँदै नगर भलमन्सा समितिको कार्यशैलीलाई अझ प्रभावकारी बनाउने र स्थानीय समाजमा न्याय र समानताको वातावरण सिर्जना गर्ने कार्यमा सहयोग पुर्याउने बताउनुभयो।भेलाले निवर्तमान नगर भलमन्सा अध्यक्ष सुन्दर चौधरीलाई सम्मानित गरेको छ।
कार्यक्रममा नगरका विभिन्न वडाका भलमन्सा सदस्यहरू, समाजसेवी, बुद्धिजीवी, स्थानीय अगुवा र नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले भलमन्सा समितिको कार्यसमितिलाई बधाई दिँदै यस ऐनको प्रभावकारी कार्यान्वयनका लागि शुभकामना व्यक्त गरेका थिए।बेलौरी नगरपालिकाको आयोजनामा र नगर भलमन्सा समितिको सहजीकरणमा नगरपालिकाको कार्यक्षेत्रभित्र रहेका भलमन्सा प्रणालीको संरक्षण, प्रवर्द्धन र विकास गर्न तयार गरिएको भलमन्सा ऐन २०७८ को दफा ६ बमोजिम नगर बखेरी कार्यक्रम सम्पन्न भएको हाे।
प्रतिक्रिया दिनुहोस