२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

कांग्रेस क्षेत्रिय सभापति उपाध्यायद्वारा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई इसिजी मेसिन प्रदान


  • २०८१ चैत्र २५, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • २१४ पाठक संख्या
  • बेलौरी,२६ चैत्र।नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नं. १ सभापति एवं युवा नेता गोपी प्रसाद उपाध्यायले मंगलबार एक कार्यक्रमका बीच श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा इसिजी मेसिन प्रदान गरेका छन।श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा केहि समय यता देखि मेसिन बिग्रेका कारण, सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण गर्नमा धेरै कठिनाइ र असुविधा झेलिरहेका बेला क्षेत्रिय सभापति उपाध्यायले स्वास्थ्य केन्द्रलाई इसिजी मेसिन उपलब्ध गराउन सहयोग गरेको जानकारी दिनुभयो।क्षेत्रिय सभापति उपाध्यायले विशेषगरी दिन दुखि, गरीब र असहाय व्यक्तिहरूसँग सहकार्य गर्दै, ह्वीलचियरदेखि अन्य आवश्यक सामाग्री उपलब्ध गराउने कार्यमा समर्पित रहेका छन्। वैदेशिक रोजगारीमा गई अलपत्र परेकाहरूको उद्धार र व्यवस्थापनमा समेत सक्रिय योगदान पुर्याएका छन्।

    श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख गोविन्द बिष्टका अनुसार, यस प्रकारको सहयोगले स्वास्थ्य सेवामा ठूलो राहत पुर्याएको छ। उनले भने, “इसिजी मेसिनको उपलब्धिले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षणमा ठूलो सहुलियत ल्याउनेछ र हाम्रो कार्यसम्पादनमा पनि सुधार आउनेछ। यस सहयोगको लागि हामी गोपी उपाध्यायलाई हार्दिक धन्यवाद दिन चाहन्छौं।”

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट