२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

बेलौरी नगरपालिका वडा नम्बर ७ को समन्वयमा एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न


  • २०८१ चैत्र २२, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • २२७ पाठक संख्या
  • बेलौरी, २३ चैत्र।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ कार्यालयको समन्वय एवं संजिवनी अस्पताल धनगढीको आयोजनामा शनिबार एक दिने नि: शुल्क स्वास्थ्य सम्पन्न भएको छ।कार्यक्रमको सभापति बेलौरी नगरपालिका वडा नम्बर ७का वडाध्यक्ष प्रकाश श्रेष्ठ,प्रमुख अतिथी बेलौरी नगरपालिकाका नगर उप-प्रमुख जोगराम चौधरी,विशिष्ट अतिथी महाकाली बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष हरेन्द्र सिंह विष्ट,कुण्डा सव-डिभिजनका प्रमुख दिनेश कुमार यादव,धनगढी संजिवनी अस्पतालका विशेषज्ञ डाक्टरहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु स्वास्थ्यकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।बजेट अभावका कारणआफ्नो पालिकाका स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर नियुक्त गर्न नसकेको बताउँदै यस किसिमका शिविरहरूले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने र जनताको स्वास्थ्यमा सुधार ल्याउने दिशा तर्फ उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको प्रमुख अतिथि एवं बेलौरी नगरपालिकाका उप-प्रमुख जोगराम चौधरीले बताउनुभयो। स्थापनाकालदेखी नै हामीले ग्रामीण भेगमा नि: शुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आईरहेका छौ र यसले स्थानीय जनतामा स्वास्थ्य सेवाको पहुँच बढाउने महत्वपूर्ण कदम भएको देखिन्छ भनेर धनगढी संजिवनी अस्पतालका डाक्टर शंकर अधिकारीले बताउनुभयो।स्वास्थ्य शिविरले गरिब बिपन्न घरपरिवारका जनताहरुलाई मध्यनजर गरेर आयोजना गरेको र बेलौरी नगरपालिकाको विभिन्न वडाबाट आज नि:शुल्क स्वास्थ्य शिविरमा नगरबासिले खुसिका साथ सेवा लिइरहेका छन ।उक्त शिविरमा ४१० जना सेवाग्राहीले विभिन्न विशेषज्ञ डाक्टरहरुद्वारा एक्सरे,भिडियो एक्सरे तथा निःशुल्क औषधि सहितको सेवा लिएका छन। यस किसिमका शिविरहरूले ग्रामीण क्षेत्रका जनतामा स्वास्थ्य सचेतना फैलाउने र सुलभ उपचारको पहुँच प्रदान गर्नेमा सहयोग पुग्ने भनेर बेलौरीनगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो।आज सम्पन्न स्वास्थ्य शिविरमा कुल ४१० जना सेवाग्राहीहरूले विभिन्न स्वास्थ्य सेवाहरू प्राप्त गरे । सेवामा स्त्री रोग, हाडजोर्नी तथा नशा रोग, जनरल ल्याप्रोस्कोपी सर्जन, जनरल फिजिसियन, र नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टरहरूले उपचार सेवा दिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट