२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

बेलौरी-श्रीपुर प्राथामिक स्वास्थ्य केन्द्रमा एकदिने स्वास्थ्य शिविर सम्पन्न 


  • २०८१ चैत्र ११, मंगलबार मा प्रकाशित १ महिना अघि
  • २०२ पाठक संख्या
  • माधब पौडेल, १२ चैत्र। कञ्चनपुरको बेलौरी स्थित  श्रीपुर प्राथामिक स्वास्थ्य केन्द्रमा साईनिङ अस्पताल INF नेपाल सुर्खेतको आर्थिक तथा प्रावधिक सहयोगमा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ।श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा साईनिङ अस्पताल INF नेपाल सुर्खेतको आर्थिक तथा प्रावधिक सहयोग महिलाहरूको प्रशव फिस्टुला भएका विरामीहरुको जाँच शिविरमा स्त्रीरोग विशेषज्ञ शुभेच्छादेवा श्रेष्ठद्वारा चेकजाँच गरिएको INF नेपाल सुर्खेतका फिस्टुला आउटरिच कोर्डिनेटर कान्ति शर्माले जानकारी दिनुभयो। शिविरमा १ सय ८० जनाले चेकजाँचका साथै निःशुल्क औषधि वितरण गरिएको कोर्डिनेटर शर्माले शिविरमा चेकजाँच गरेका मध्ये मध्ये ३ जनालाई अप्रेशनका लागि सुर्खेत लगिने समेत बताउनुभयो। उक्त शिविरमा साईनिङ अस्पताल INF नेपाल सुर्खेत टीम र श्रीपुर प्राथामिक स्वास्थ्य केन्द्रको टिमले उपचार सेवामा संग्लन रहेका थिए। साथै सोही शिविर चैत्र १३ गते शुक्लाफाँटा नगरपालिकाको झलारी स्वास्थ्य चौकीमा सञ्चालन गरिने समेत शर्माले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट