धनगढी,१४ फाल्गुन।कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित जखौर बाबा युवा क्लबको आयोजनामा महाशिवरात्रि विशेष सांस्कृतिक तथा साहित्यिक कार्यक्रम-२०८१ क्लबका अध्यक्ष पृथ्वी रानाको अध्यक्षता तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।प्रमुख अतिथि डा. जोशीले शिवरात्रिको धार्मिक तथा सांस्कृतिक महत्वबारे र जखौर बाबा मन्दिर,ताल यसको अध्ययन गरी बृहत गुरुयोजना बनाई प्रदेश सरकार समक्ष प्रस्ताव राखी केन्द्रिय सरकार समक्ष सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानले सिफारिस गर्ने बताउँदै हामीलाई तपाईं सबैको सहयोग चाहिने समेत बताउनुभयो।
जखौर बाबा युवा क्लबको लागि अगामी आ.व. मा बजेट बिनियोजन गर्ने गरी जखौर तालको अहिलेसम्म कुनैपनी डिपिआर नबनेको अवस्था छ।आफ्नो संस्कृतिलाई अफैले बचाउनुपर्छ भनेर धनगढी-७ का वडा अध्यक्ष मोती रानाले मन्तव्य व्यक्त गर्नुभएको थियो। २०७४ सालमा निर्वाचित नेपाली कांग्रेसका मेयर उप-मेयर र ७ नं का वडा अध्यक्षले जखौर तालको बिकास गरे पश्चात अहिलेसम्म १ इन्च काम नभएको अवस्था छ ।देवरिया गाउँ बहुजातीय ठाउँ र पर्यटकीय ठाउँ भएकोले यहाँको सांस्कृतिक ,भाषा,साहित्यिक बिकासको लागि पहल गर्नुपर्छ भनेर नेपाली कांग्रेस कैलाली-५ का क्षेत्रीय सभापति भिम पडालले मन्तव्य व्यक्त गर्नुभएको थियो। हामी नगरपालिकाबाट ३८ करोडको मास्टर प्लान बनायौ र साढे ५ अर्बको टेन्डर बनायौ जस अन्तर्गत यहाँ सोलार लाइट र अन्य बिकास भएको थियो त्यस बाहेक अहिलेसम्म कुनै काम भएको छैन यसलाई बिकासको गतिमा ल्याउन स्थानीय सरकारलाई आग्रह गर्दै क्लबले सामाजिक क्षेत्र , सरसफाइ,रगत दान जस्ता कार्यहरु गर्न अनुरोध संगै आफुले सहयोग गर्ने भनेर धनगढी-७ का निवर्तमान वडा अध्यक्ष सिताराम रानाले प्रतिबद्धता गरेका हुन स्थानीय बासीहरू, साहित्यकार, संस्कृतिकर्मी,विद्यालय तथा विभिन्न क्षेत्र संघ संस्थाका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा स्थानीय प्रतिभाहरूले आफ्नो प्रस्तुति मार्फत महाशिवरात्रिको महत्व उजागर गरेका थिए ।
कार्यक्रमको आयोजना तथा व्यवस्थापनमा जखौर बाबा युवा क्लबका पदाधिकारी तथा सदस्यहरूको विशेष भूमिका रहेको थियो। आयोजकहरूका अनुसार यस्ता कार्यक्रमले धार्मिक, सांस्कृतिक तथा साहित्यिक चेतनाको प्रवर्द्धन गर्दै सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्य राखेका थियौ भनेर क्लबका अध्यक्ष पृथ्वी रानाले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस