२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

बेलौरीमा ३ दिने माघी मेला हुने


  • २०८१ पौष २०, शनिबार मा प्रकाशित २ महिना अघि
  • २१८ पाठक संख्या
  • कञ्चनपुर २० पौष। कञ्चनपुरको बेलौरीमा माघ मेला संचालन हुने भएको छ।बेलौरी नगर भलमन्सा समितिको आयोजनामा २६ पुषदेखि माघ मेला २०८१ संचालन हुने भएको छ। नगर भलमन्सा समितिले बेलौरी नगरपालिकाको प्रर्बद्धनमा आउँदो शुक्रबारदेखि खुला मञ्चमा माघ मेला संचालन गर्न लागेको जनाएको छ।तराई सहित देशका २२ जिल्लाहरुमा बसोबास गर्दै थारु समुदायको लोक संस्कृति, परम्परा लोप भईरहेको अवस्थामा संस्कृति संरक्षणका लागि तीन दिने मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।बेलौरी नगर भलामन्साका अगुवा तथा मेला आयोजक समितिका प्रचारप्रसार समिति संयोजक कृष्ण गम्वा(चौधरी)ले आउँदै लागेको माघ महिना १ गतेदेखि थारु समुदायको माघी कार्यक्रम पुर्व माघ मेला संचालन गर्न लागेको बताउनुभयो। मेलाको तयारी तिव्र रुपमा अघि बढेको जनाएको छ।मेलाको उद्घाटन पूर्व खानेपानीमन्त्री एवम् माओवादी नेतृ बीना मगरकै प्रमुख आथित्यमा हुने छ ।

    ०७८ सालमा बेलौरी नगरपालिकाले भलमन्सा ऐन पारित गरेको उत्सवमा थारु समुदायको लोक संस्कृति, परम्परा संरक्षण प्रर्बद्धन एवम् पहिचानका लागि मेला संचालन गर्न लागेको बताउनुभयो। उनका अनुसार ३० स्टल रहने मेलामा थारु समुदायकै लोक परम्परागत खाने परिकार, कला, धर्म, संस्कृति, साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् । थारु समुदायको लोक परम्परागत खाने परिवारदेखिका साँस्कृतिक कार्यक्रमले पनि नयाँ पुस्तामा संचारिकरण हुनेछ । उद्घाटनकै दिन बेलौरी नगरका प्रद्याध्यापक, डाक्टर, ०७४देखि ०७९सम्म निर्वाचित आदिवासी जनजाती थारु समुदायका जनप्रतिनिधीलाई सम्मान, रक्तदान, नगरका सबै राष्ट्रिय खेलाडीलाई सम्मान सहितका विवित समाजिक कार्यक्रम समेत गरिनेछ । साँस्कृतिक कार्यक्रममा विभिन्न गाँउबस्तीका थारु समुदायको लोक संस्कृतिक झल्किने नृत्य, स्थानीय एव राष्ट्रिय कलाकारबाट थारु समुदायको संस्कृतिक प्रर्बद्धनका क्षेत्रमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् ।

    ‘दशक अघिदेखि हामीले बेलौरी खुला मञ्चमा घरमा सिमित रहेको हाम्रो कला संस्कृति मञ्चमा ल्याएर प्रस्तुत गर्न लागेका छौँ।अहिलेसम्म भएका साँकृतिक कार्यक्रमले समेत पुस्ता हस्तान्तरण गरेको पाईन्छ ।२०६८ सालमा थारु ओरल्ड अराउण्ड, ०७१ सालमा मोहराईन, ०७३ देखि थारु कल्याण कारिणी सभा र अहिले भलमन्सा ऐन पारित भएर कार्यान्वयनको अवस्थामा भलमन्सा समितिले नै मेला आयोजना गर्न लागेको छ।मेला सम्पन्न गर्नका लागि बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर सिंह चौधरीको संयोजकत्वमा मूल समिति एवम् उप समितिहरु गठन गरिएको छ।सचिवालयमा भलमन्सा समेत रहेका लाल बहादुर चौधरी, आर्थिक व्यवस्थापन समितिमा गुरु प्रशाद चौधरी, मञ्च व्यवस्थापनमा लक्ष्मण चौधरी, सुरक्षा व्यवस्थापनमा बजारे चौधरी, स्वागत तथा सम्मान व्यवस्थापनमा रत्ना चौधरी, संस्कृतिक तथ झाँगी व्यवस्थापनमा विक्रम चौधरी, कलाकार व्यवस्थापनमा कृष्ण चौधरी, प्रचारप्रसार तथा स्वास्थ्यमा कृष्ण गम्वा(चौधरी), मेस संचालनमा सन्तराम चौधरीको सयोजकत्वमा उप समिति गठन गरिएको छ ।

    सल्लाहकार तर्फ बेलौरी नगरकै प्रमुख पोतिलाल चौधरी, सदस्यमा उपप्रमुख जोगराज चौधरी, निर्वतमान उपप्रमुख चित्रा कुमारी चौधरी, सुनिता चौधरी, खडक चौधरी, लक्ष्छु राना र सुन्दरलाल चौधरी रहेका छन।बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष एव मेला मुल आयोजक समितिका संयोजक अमर सिह रानाले पछिल्ला बर्षहरुमा आधुनिकतासंगै थारु समुदायको लोक परम्परा, कला संस्कृति, प्रर्बद्धनका लागि मेला आयोजना गरिएको बताउनुभयो। ‘बेलौरी नगरपालिका स्थानीय सरकारले समेत हामी थारु समुदायको भलमन्सालाई ऐन नै पारित गरेर कार्यान्वयन गरेको छ।‘यो निकै स्वागत योग्य कदन पनि हो, यसमा हामीले गर्ब गरेका छौँ।देशका विभिन्न थारु बाहुल्य जिल्ला एव पालिका सरकारले ऐन नै नबनाएको बनाएको ऐन पनि कार्यान्वयन नगरेको अवस्थामा बेलौरी स्थानीय सरकारले आफुहरुलाई दिएको राजनैतिक हक अधिकारको सदुपयोग गर्दै समाजिक एकताका लागि समेत मेला मियो बन्ने बताउनुभयो।२०७८ सालमा स्थानीय सरकारले भलमन्सा ऐन ल्याएसंगै गाँउ गाँउमा रहेका थारु समुदाय उत्साहित भएको बताउनुभयो।मेला मुल आयोजक समितिका सचिवालय संयोजक लाल बहादुर चौधरीले पछिल्ला बर्षहरुमा विदेशी संस्कृतिले नेपाली समाजमा जरा गाडिरहेको थारु समुदायको माघ मेलाले चिर्ने बताए । उनले सामुहिक रुपमा विभिन्न गाँउबस्तीबाट आउने साँस्कृतिक झाँगी कार्यक्रमले समेत विदेशी संस्कृति चिर्ने बताउनुभयो । तीनदिनसम्म संचालन हुने मेला अवलोकनका लागि निःशुल्क व्यवस्था गरिएको छ।पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति संरक्षणमा कार्यक्रमले प्रर्बद्धन गर्ने आयोजकको अपेक्षा छ । उक्त माघ बेलाको हजारौँ दर्शकले अवलोकन गर्ने दावी गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट