डिल्लीराज पन्त, ०३ पौष।कञ्चनपुरका एक जना समाजसेवीले बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेका छन । दोधाराचाँदनी नगरका स्थानीय समेत रहेका गुरुकुल ईन्ष्टिच्युट अफ टेक्निकल एजुकेशनका संचालक भीम कुमालले बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेका हुन ।
समाजसेवी कुमालले आफ्नो जन्मदिनको अवसरमा बेदकोट नगरपालिका ८ बैजनाथ जेष्ठ नागरिक बृद्ध आश्रम धाममा बस्दै आएका बेसाहरा नागरिकलाई खाद्यान्न वितरण गरेका छन । बुधबार एक कार्यक्रमका विच रौटेला बृद्धआश्रम धाममा बस्दै आएका जेष्ठ नागरिकलाई आहाराकका लागि खाद्यान्न स्वरुप चामल, दाल, नुन,तेल वितरण गरेका छन । यसका साथै फलफुल समेत वितरण गरेका छन । दोधाराचाँदनी स्वतन्त्र समुहका अध्यक्ष समेत रहेका समाजसेवी कुमाल सहित उनकी धर्मपत्नी गिता कुमालले जेष्ठ नागरिकलाई फलफुल आफैले वितरण गरेका थिए । कुमालले आफ्नो जन्मदिनको अवसरमा समाजिक सेवा गर्ने उदेश्यका साथ बेसाहरा जेष्ठ नागरिकलाई सक्दो खाद्यान्न सहयोग गरेको बताउनुभयो।आफ्नो खुसीमा दिनदुखीहरुलाई सक्दो खाद्यान्न एव फलफुल वितरण गरेर समाजिक कार्य गरेको बताउनुभयो। आफ्नो खुसीमा बेसाहरा नागरिकको दुखमा समेत आश्रममा खाद्यान्न दिनुका साथै फलफुल वितरण गरेर जन्मदिन मनाएपछि जेष्ठ नागरिक हर्षित भएका छन। समाजसेवी कुमाललाई दोसल्ला ओढाउनुका साथै फुल दिएर स्वागत सम्मान गरेका थिए।समाजसेवी कुमालले यस अघि कोरोना महामारीदेखि थुप्रै विपद्का बेला संकटमा परेका नागरिकको उद्दारदेखि राहत विवतरण गर्दै आएका छन। वाढी, डुवान, कोरोना सहित अन्य बेलामा समेत खाद्यान्न, नगद एव भौतिक समाग्री वितरण गर्दै समाजिक सेवा गर्दै आएका छन।०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दोधाराचाँदनी नगरपालिका मेयरका प्रत्यासी समेत रहेका कुमालले सम्माजनक मत ल्याएका थिए। आगामी दिनमा समेत निरन्तर मानविय सेवा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
प्रतिक्रिया दिनुहोस