२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

कञ्चनपुरको बेलौरीमा रामलीला सुरु 


  • २०८१ कार्तिक २०, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • ३६४ पाठक संख्या
  • हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर, २० कार्तिक । कञ्चनपुरको बेलौरीमा रामलीला महोत्सव सुरु भएको छ । लोक परम्परागत धर्म, संस्कृति, कला, संस्कार र सत् चरित्रका लागि आज मंगलबार साँझदेखि रामलीला सञ्चालन गरिएको बेलौरी सांस्कृतिक तथा रामलीला समितिका अध्यक्ष दिनेश कुँवरले जानकारी दिनुभयो । भगवान् रामचन्द्रको जीवन कथामा आधारित रामलीला बेलौरीको खुलामञ्चमा सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको रामलीला उद्घाटन समारोहमा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, वडाध्यक्षहरू लगायतका जनप्रतिनिधि सहित विभिन्न पेसाकर्मी लगायत भक्तजनहरूको भव्य उपस्थिति रहेको आयोजक समितिका सचिव रामेश्वर न्यौपानेले जानकारी दिनुभयो।

    रामलीला समितिका सल्लाहकार डा.भूपेन्द्र सिंह बिष्टले झण्डै तीन दशकपछि बेलौरीमा रामलीला मञ्चन हुन लागेकोमा खुसी व्यक्त गर्दै सबैले यसलाई सफल पार्न सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उद्घाटन समारोहका वक्ताहरूले रामलीलालाई भव्यताका साथ आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । आजैदेखि रामलीला मञ्चन सुरु गरिएको आयोजकले जनाएको छ । धार्मिक सहिष्णुता, सामाजिक एकता र सद्भाव कायम राख्नका लागि रामलीला मञ्चन गर्न लागिएको र मङ्सिर १ गतेसम्म रामलीला मञ्चन गरिने समितिका अध्यक्ष दिनेश बहादुर कुँवरले जानकारी दिनुभयो । प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, रामलीला मञ्चनका विज्ञ डा. भूपेन्द्र सिंह बिष्ट, प्रेमसिंह बोहरा, गोपाल सिंह गुरुङ लगायतको टिमबाट प्राप्त हौसला र प्रोत्साहनले रामलीला महोत्सव सञ्चालन गरिएको अध्यक्ष कुँवरको भनाइ छ । रामलीला मञ्चनका लागि बेलौरी नगरपालिका कार्यालयले समेत आर्थिक सहयोग गर्ने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट