माधब पौडेल, १२ भाद्र। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ कार्यालयको आयोजनामा यही भाद्र १५ गते शनिबार बृहत हरितालिका तिज विशेष कार्यक्रम हुने।हिन्दू नारीहरुको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा शान्ति माध्यामिक विद्यालय शान्तिपुरमा वडा नम्बर ४ कार्यालयको आयोजनामा वडा भित्र वसोबास गर्ने सम्पूर्ण महिला दिदि बहिनीहरुलाई तिज विशेष कार्यक्रम सहभागिताका लागि बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले आग्रह गर्नुभएको छ। अध्यक्ष ढकालका अनुसार शनिवार दिउँसो १२ बजेदेखि सुरु हुने बृहत दर खाने कार्यक्रम एवं सांस्कृतिक लगायत अन्य थुप्रै कार्यक्रम गरिने समेत बताउनुभयो।वडा नम्बर ४ को कार्यालयले विगतका वर्षदेखि वडामा बसोबास गर्ने हरेक जातजाती एवं विभिन्न धर्म प्रति आस्था राख्ने धर्मालम्वीहरुको कार्यक्रममा सहयोग आईरहेको छ।
प्रतिक्रिया दिनुहोस