२०८१ माघ २७, आईतबार | Sun, 09, Feb, 2025

कैलालीको गौरीगङ्गा नगरपालिकालाई पुर्ण खोप घोषणा


  • २०८१ अषाढ २३, शनिबार मा प्रकाशित ७ महिना अघि
  • ३७७ पाठक संख्या
  • घनश्याम पौडेल,२२ असार मसुरिया। कैलालीको गौरीगङ्गा नगरपालिकालाई पुर्ण खोप (सुनिश्चितता ) दीगोपना घोषणा तथा प्रमाणीकरण कार्यक्रम सम्पन्न भएकोे छ ।नगरपालिका भित्रका सम्पुर्ण बालबालिकाले १५ महिनाको उमेरभित्र खोप पाएकोले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो।गौरीगंगा नगरपालिका खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख देविदत्त कडेलको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला खोप समन्वय समिति कैलालीका संयोजक तथा जिल्ला समन्वय प्रमुख खगराज भुषाल प्रमुख अतिथि कार्यक्रम गरिएको थियो ।

    पुर्ण खोप सुनिश्चितता घोषणा राष्टि्य निति अनुसार गौरीगंगा नगरपालिकाका सबै वडामा पुर्ण खोप घोषणा भई सबै खोप सबै बालबालिकाहरूले पुर्णरुपमा प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख ईश्वरी भुसालले जानकारी दिनुभयो । नगरपालिकामा १६ देखि ५९ महिना भित्रका ३२८६ जना बालबालिकाले पुर्ण खोप पाएका छन् भने जन्मे देखि १५ महिना सम्मका १३२९ जना बालबालिकाले नियमित खोप पाएकोमा ३९ जना पुर्ण खोप छुटेकोले बिषेश अभियान सञ्चालन गरि उनीहरूलाई खोपको मात्र पुर्ण गरिएको तथा आ.व. २०८०/०८१ मा १०५० जना बालबालिकाले पुर्ण खोप पाएका शाखा प्रमुख भुसालले बताउनु भयो। सो अवसरमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सम्मानजनक बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा नगरपालिकाबाट स्वयंसेविकाहरुलाई सम्मान पत्र , मायाको चिनो तथा उमेर हदका कारण बिदाईमा जाने ६ क्रमशः सारदा देवी साउद, रामपति थरुनी, भागरथी अम्मै, शारदा देवी जोशी र पार्वती शर्मालाई नगद एक लाख र अन्य कारणले बिदाइमा जानु हुने दिपा जोशीलाई नगद पचास हजार रुपैया प्रदान गरि ससम्मान बिदाई गरिएको थियो । सामाजिक विकास समिती संयोजक एवं वडा नं ५ का वडा अध्यक्ष विष्णु प्रसाद भाटले स्वागत गरेको कार्यक्रममा नगर उपप्रमुख भोज बहादुर बम, स्वास्थ्य निर्देशनालय राजपुर डोटी नि. निर्देशक खगेन्द्र बहादुर बम, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख जनस्वास्थ्य निरीक्षक आशुतोष श्रेष्ठ, WHO का डा. अनन्त थापा, गिताञ्जली ढकाल UNICEF का अशोक जोशी लगायत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका हरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट