माधब पौडेल,२२ जेठ् ।कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित ईसान मेमोरियल अस्पतालले उपचारमा विशेष छुट योजना ल्याएको छ ।मंगलबार कुमारी बैंक लिमिटेड शाखा बेलौरी र अस्पताल प्रशासन बीच भएको सम्झौता अनुसार कुमारी बैंकका कर्मचारी ग्राहकहरु र उनीहरुका परिवारका लागि विशेष छुट योजना लागु गरिएको हो ।
अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण उपचार सेवामा २० प्रतिशत र मेडिसिनमा ८ प्रतिशत छुट गरिने सम्झौता भएको कुमारी बैंक शाखा बेलौरीका प्रमुख रबिन्द्र के.सीले जानकारी दिनुभयो ।सम्झौता पत्रमा हस्पिटलका तर्फबाट अस्पतालका प्रबन्धक निर्देशक पुजा भट्ट र कुमारी बैङ्क लिमिटेडका तर्फबाट बेलौरी शाखा प्रमुख रबिन्द्र के.सी ले हस्ताक्षर गर्नुभएको थियो ।हस्पिटलका प्रबन्धक निर्देशक भट्टले बैंकले ल्याएको प्रस्ताव आफुले यँहाका जनताको हितमा देखेपछि बैंकसँग सम्झौता गरेको बताउनुभयो ।बेलौरीमा ईसान मेमोरियल अस्पताल स्थापनापछि स्वास्थ्य उपचारमा यस क्षेत्रका स्थानीयहरुलाई सर्वसुलभ र सुविधायुक्त स्वास्थ्य सेवाले थप मद्दत पुग्ने ईसान मेमोरियल अस्पतालका अध्यक्ष आईजंग कुँवरले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस