२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

ईशान अस्पताल : सिकलसेल र थालासेमिया सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविरबाट ७१ जनाले लिए सेवा


  • २०८१ बैशाख ३०, आईतबार मा प्रकाशित २ साल अघि
  • ७५६ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरको बेलौरीस्थित ईशान मेमोरियल अस्पतालमा सिकलसेल र थालासेमिया पोजेटिभ बिरामीहरूका लागि सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरबाट ७१ जना लाभान्वित हुनु भएको छ । बेलौरी नगरपालिकाको आयोजना तथा ईशान मेमोरियल अस्पतालको सहकार्यमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त स्वास्थ्य शिविरमा ४६ महिला र २५ पुरुष गरी जम्मा ७१ जना बिरामीहरूले स्वास्थ्य सेवा लिएको ईशान मेमोरियल अस्पतालका सूचना अधिकारी मदन भण्डारीले जानकारी दिनुभयो । सिकलसेल तथा थालासेमिया पोजेटिभ बिरामीहरूलाई नि:शुल्क रूपमा रगत जाँच गरी विशेषज्ञ चिकित्सकद्वारा चेक जाँच तथा औषधी वितरण गरिएको उहाँले बताउनु भयो ।

     

    शिविरमा सिभिल अस्पताल काठमाडौँमा कार्यरत हेमेटोलोजिष्ट डा. प्रेमराज श्रेष्ठद्वारा बेलौरी नगरपालिका वडा नम्बर १ देखि वडा नम्बर १० सम्मका सिकलसेल तथा थालासेमिया पोजेटिभ बिरामीहरूको रगत परीक्षण तथा चेकजाँच गरिएको ईशान मेमोरियल अस्पतालका अध्यक्ष आईजंग कुँवरले जानकारी दिनुभयो । दुई दिनसम्म सञ्चालन भएको सिकलसेल तथा थालासेमिया सम्बन्धी स्वास्थ्य परीक्षण शिविरमा सहयोग गर्ने विशेषज्ञ चिकित्सक डा. प्रेमराज श्रेष्ठ सहित स्वास्थ्यकर्मीको टोली, बेलौरी नगरपालिकाका नगर प्रमुख सहित नगरपालिका कार्यालय परिवार , राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरू, सुरक्षाकर्मी, समाजसेवी, बुद्धिजीवी, बेलौरीका सबै स्वास्थ्य संस्था, बेलौरी नगर युवा सञ्जाल लगायत सबैलाई अस्पतालले धन्यवाद ज्ञापन गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट