२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

सिकलसेल एनेमिया एवं थेल्सिमिया सम्बन्धी २ दिने स्वास्थ्य शिविर हुने


  • २०८१ बैशाख २७, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • ५९७ पाठक संख्या
  • माधब पौडेल,२७ बैशाख ।कञ्चनपुरको बेलौरी नगरपालिकाको आयोजना तथा ईशान मेमोरियल अस्पतालको सहकार्यमा २ दिने सिकलसेल एनेमिया तथा थेल्सिमिया सम्बन्धी स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।

    यही बैशाख २८ र २९ गते बेलौरी नगरपालिका वडा नम्बर १ देखी वडा नम्बर १० सम्मका सिकलसेल पोजेटिभ तथा थेल्सिमिया पोजेटिभका बिरामीहरुको हेमेटोलोजिस्ट डाक्टर डा. प्रेमराज श्रेष्ठद्वारा निशुल्क रगत परिक्षण तथा चेकजाँच गरिने ईशान मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक पुजा भट्टले जानकारी दिनुभयो।शुक्रबार ईशान मेमोरियल अस्पतालको उदघाटनको कार्यक्रम समेत रहेको अस्पताल प्रशासनले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट