२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

बेलडाँडीमा ६,८५९ जना बालबालिकाहरूलाई दादुरा रुबेला खोप लगाउने लक्ष्य


  • २०८० फागुन ११, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ६१७ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ६ हजार ८ सय ५९ जना बालबालिकाहरूलाई दादुरा रुबेला विरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ । बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखाले शुक्रबार गाउँपालिकाको सभा हलमा आयोजना गरेको पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा संयोजक माधवानन्द भट्टले अभियान सम्बन्धी जानकारी गराउनु भएको हो । बेलडाँडी गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी, पत्रकारहरू र सरोकारवाला पक्षलाई अभियान सम्बन्धी जानकारी गराइएको हो ।

    सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिम रुकुम बाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । कञ्चनपुरका पालिकाहरूमा फागुन १३ देखि २३ गतेसम्म अभियान सञ्चालन गरिनेछ । भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र बाँकी ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई मात्रै खोप लगाइने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट