माधब पौडेल,१९ माघ ,कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तीपुरमा रहेको शान्ती माध्यमिक बिद्यालय(प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालित)को शुक्रबार ४६औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष वीर बहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट रहनुभएको थियो भने बिशिस्ट अतिथिमा पूर्व भौतिक पूर्वाधार विकास राज्य मन्त्री कुलबिर चौधरी,बेलौरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अर्जुन ढकाल ,पुर्व क्याम्पस प्रमुख एवं शिक्षा प्रेमी प्रेम सिंह बोहरा ,अतिथि शिक्षा शाखाका निमित्त प्रमुख अमित प्रसाद भट्ट,शिक्षा प्रेमी केशवराज जोशी ,प्रकाश चन्द्र त्रिपाठी लगायत समाजसेवी / बुद्धिजिवि अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य शान्ती माध्यामिक बिधालयका सहायक प्रधानाध्यापक चन्द्र प्रकाश पोखरेलले गर्नुभएको थियो।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापले बिधालयको आर्थिक बर्ष २०७९/०८० आर्थिक प्रतिबेदनमा बिधालयको आन्तरिक आम्दानी रु ९६लाख १६ हजार २सय ५७ रुपैयाँ ५२ पैसा र खर्च ९६ लाख १६ हजार २ सय ५७ रुपैयाँ ५२ पैसा र सरकारी अनुदान तर्फ २ करोड ७३ लाख ६ हजार ५३ रुपैयाँ २९ पैसा र खर्च तर्फ २ करोड ७३ लाख ६ हजार ५३ रुपैयाँ २९ पैसा र बिधालयको विभिन्न बैंक खातामा सरकारी श्रोतबाट ५० लाख ४६ हजार ८ सय ३३ रुपैयाँ ६८ पैसा र निजि श्रोतबाट ४० लाख ४९ हजार ४ सय बत्तीस रुपैयाँ ८९पैसा गरि जम्मा ९० लाख ९६ हजार २ सय ६६ रुपैयाँ ५७ पैसा बचत रकम बैंक मौज्दात रहेको प्रधानाध्यापक थापाले प्रस्तुत गर्नुभएको थियो।
बिधालयका आगामी नीति तथा कार्यक्रमहरू:विद्यालयको आवश्यकता र समस्याको पहिचान गरी दिर्घकालीय योजना बनाई सम्बन्धित निकायमा प्रस्तावना पेश तथा पहल गर्ने ।वि.एस्सी. एजि. तथा बहुप्राविधिक शिक्षालयको स्थापना ।CTEVT बाट छोटो अवधिका सीपमुलक तालिम (Short Term Skill Based Programme) संचालन गर्ने ।प्राविधिक धारतर्फ साविक +२ मा भौतिक विज्ञान र रसायन विज्ञानको जनशक्ति रहेको तर जीव विज्ञानको जनशक्ति न्यवस्थापनका लागी आवश्यक पहल गर्ने ।पढ्दै कमाउँदै कार्यक्रमलाई उद्देश्यमुलक र प्रभावकारी बनाउन थप पहल गर्ने साथै कार्यक्रम सम्पन्न भए लगतै लाभांश वितर तथा आय-व्यय विवरण सार्वजनिक ,शैक्षिक गुणस्तर सुधारका निमित्त रणनिती तर्जुमा, तालिम, छलफल, अन्तरक्रिया जस्ता कार्यक्रमहरू,कक्षाकोठा र शिक्षणलाई प्रविधिमैत्री बनाउन शिक्षक कर्मचारीलाई ल्यापटप ब्यवस्थापन सँगै तालिममा सहभागी गराउने ।कक्षा १० र १२ को बोर्ड परीक्षामा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीलाई प्रोसाहित गर्न पुरस्कृत गर्ने ।राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता लगायत, जिल्ला, क्षेत्रिय र राष्ट्रिय स्तरका खेलहरूमा उत्कृष्ट स्थान प्राप्त ग खेलाडीहरूलाई पुरुस्कृत र सम्मान गर्ने परम्परालाई निरन्तरता दिने ।थप कृषि योग्य जग्गा ब्यवस्थापन गर्ने ।दिगो आर्थिक स्रोतको खोजी तथा व्यवस्थापन गर्ने ।प्राविधिक धारतर्फका सम्पूर्ण कार्यक्रमहरू संचालन गर्नका लागी थप जग्गा खरिद ।थप कृषि योग्य जग्गा ब्यब्स्थापन सँगै कृषि उत्पादन वृद्धि गर्ने ।थप अक्षयकोष स्थापनार्थ आवश्यक पहल गर्ने ।निकट भविष्यमा अझै व्यवस्थित, आधुनिक खानेपानीको व्यवस्था गर्ने ।आवश्यक थप भौतिक पूर्वाधार निर्माण गरी बेलौरी न.पा. भित्रका बालबालिकाहरुका निमित्त प्राविधिक विषय पठनपाठन सह सर्वसुलभ बनाउँदै एउटा महत्वपूर्ण शिक्षालयको रूपमा स्तरउन्नती गर्ने ।शैक्षिक अध्ययन अवलोकन भ्रमण उद्देश्यपूर्ण उपलब्धीमूलक बनाउने गरी योजना तयार गर्ने ।शारीरिक, मानसिक र सामाजिक विकासका निमित्त खेलकुद, बौद्धिक तर्फको कार्यक्रमहरु लाई निरन्तरता दिने ।अभिभावकहरु सँग छलफल, अन्तरक्रिया र सुझाव संकलन। बेलौरी नगरपालिका वडा नं. ४ को कार्यालयको आर्थिक सहयोगमा चमेना गृह स्थापना गरिने प्रधानाध्यापक थापाले बताउनुभयो ।
२०७३ साल देखी कक्षा ९ देखी १२ सम्म कृषि बाली बिज्ञान अध्ययन भइरहेको जनाउदै प्राविधिक तर्फ (सिटिइभिटी) सञ्चालनका लागी प्रदेश एवं स्थानीय तहले सहयोग गरि सञ्चालनका पहल गर्न सकिए यस क्षेत्रका विद्यार्थी हरुका लागि बाहिर अन्यत्र जान नपर्ने समेत प्रधानाध्यापक थापाले बताउनुभयो।कार्यक्रममा सम्मानित हुनेमा कार्यक्रमका बिशिस्ट अतिथि सुदुर पश्चिम् प्रदेश सरकारका निवर्तमान भौतिक पुर्वधार राज्य मन्त्री कुलबिर चौधरी , कृषि बाली बिज्ञान अध्ययन गराउने शिक्षक उत्तम प्रसाद जैशी र शिक्षिका लक्ष्मी पौडेल र विभिन्न खेलकुदमा उत्कृष्ट खेलाडीहरुलाई समेत सम्मानित गरिएको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट अतिथी बेलौरी वडा नम्बर ४ का अध्यक्ष अर्जुन ढकालले बिधालयको ४६औं वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुहुदै आफ्नो तर्फबाट वडा कार्यालयबाट हुने सहयोगका प्रतिबद्ध रहेको बताउनुभयो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधान सभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले बिद्यालयको चौतर्फी बिकाश, शैक्षिक क्षेत्रको गुणस्तरका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो। समारोहमा विभिन्न भेषभुषा सहितको सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक चन्द्र प्रकाश पोखरेल र शिक्षक गोकर्ण प्रसाद काफ्लेले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस