२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

पुनर्वास मा जंगली हात्तीको आक्रमण बाट एक महिला गम्भीर घाईते


  • २०८० माघ ८, सोमबार मा प्रकाशित १ साल अघि
  • ५२४ पाठक संख्या
  • धनबहादुर बिक ०८ माघ ।पुनर्वास ,कञ्चनपुर को पुनर्वास नगरपालिका १० कि ४३ बर्षिय महिला जंगली हात्तीबाट आक्रमण मा परि घाईते भईकि छिन ।
    पुनर्वास नगरपालिका १० भिमबस्ती का हरिदत्त जोशी कि श्रीमती ४३ बर्षिय लक्ष्मि जोशी गम्भीर घाईते भएकि हुन । घाईते जोशी लाई उपचारका लागि भारतको रूद्रपुर पुर्याईएको छ ।
    शनिबार घाँस काट्ने उदेश्य ले आफ्नै खेतबारी पुगेकि जोशीलाई जंगली हात्तीले आक्रमण गरि गम्भीर घाईते बनाएको कुण्डा सेक्टर बन कार्यालय पचकडिया का बन अधिकृत दिनेश कुमार यादवले जानकारी दिए ।
    शनिबार ३ वटा जंगली हात्ती पुनर्वास १० पचकडिया र लालझाडी गाउँ पालिका १ नौरगा नजिक को लालझाडी बन क्षेत्रमा रहेको र एउटा हात्ती दोदानदी तर्फ लागेको तथा नौरगा र हुलाकी राजमार्गमा बिकास बस्ती सिमरी का आसपास तर्फ देखा परेकाले सो मार्गमा आवतजावत गर्ने सर्वसाधारणलाई यात्रा गर्दा सतर्कता अपनाउनु पर्ने यादवले अनुरोध गरेका छन ।

    यसैबिच सुदूरपश्चिम प्रदेश सार्बजनिक लेखा समितिका सभापती माननीय बिर बहादुर थापा ज्यू घाईते जोशी को घरमा पुगि घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन । बन्यजन्तु बाट हुने क्षतिको बिषयमा समेत राहत सहयोग उपलब्ध गराउन पहल गर्ने थापाले प्रतिबद्धता व्यक्त गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट