२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी लक्ष्मी माध्यामिक बिधालय जबदियालाई 


  • २०८० पौष २३, सोमबार मा प्रकाशित ११ महिना अघि
  • १२८९ पाठक संख्या
  • माधब पौडेल ,२३पौष ।कञ्चनपुरको बेलौरी नगरपालिकाले आयोजना भएको चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी लक्ष्मी माध्यामिक बिधालय जबदियाले चुमेको छ।

    सोमबार सम्पन्न प्रतियोगिताको उपाधि ११ स्वर्ण ४ रजत र १ कास्य प्राप्त गर्दै लक्ष्मी माध्यामिक बिधालय जबदिया प्रथम   १० स्वर्ण ८ रजत र ६ कास्य पदक सहित शान्ति माध्यमिक बिधालय शान्तिपुर दित्तिय, ७ स्वर्ण १० रजत र ५ कास्य पदक सहित महाकाली माध्यमिक बिधालय बिद्यानगर तृतीय स्थान प्राप्त गरेको आयोजकले जनाएको छ।

    चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सभापति बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी ,प्रमुख अतिथी संविधान सभा सदस्य एव सुदुर पश्चिम् प्रदेश सदस्य दिवान सिंह बिष्ट ,बिशिस्ट अतिथिमा बेलौरीका नगर उपप्रमुख जोगराम चौधरी,अतिथि जिल्ला खेलकुद समितीका काेषाध्यक्ष सुरेन्द्र शाही ,बेलौरी नगर खेलकुद समितीका अध्यक्ष रामेश्वर न्यौपाने,बेलौरी नगरपालिकाका  नगर प्रबक्ता हर्कबहादुर भुल,समाजसेवी ,बुद्धिजीवी पार्टी प्रतिनिधि,सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।

    कार्यक्रम बोल्दै बिशिस्ट अतिथि संविधान सभा सदस्य एव सुदुर पश्चिम् प्रदेश सदस्य दिवान सिंह बिष्टले प्रतियोगिता सभ्य र भब्य तरिकाले सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्दै  नगरपालिकाले खेल क्षेत्रमा राम्रो बजेट बिनियोजित गरेर समय समय विभिन्न कार्यक्रम गरिरहेको समेत बताउनुभयो।

    कार्यक्रमको समापनमा बोल्दै सभापतिका बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले नगर खेलकुद समिति लाई सौर्हद्पुर्ण बाताबरणमा सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेलौरीका सामुदायिक तथा सस्थागत गरि २६ वटा बिद्यालयले सहभागिता जनाएको आयोजकले जनाएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट