२०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025

बेलौरीमा जारी दोस्रो मेयर कप भलिबल प्रतियोगिता सम्पन्न उपाधी ईलाका प्रहरी कार्यालय बेलौरीलाई 


  • २०८० मंसिर ३०, शनिबार मा प्रकाशित १ साल अघि
  • ७३० पाठक संख्या
  • बेलौरी ,३० मङ्सिर ।कञ्चनपुरको बेलौरीमा बेलौरी खेलकुद समितीले आयोजना गरेको ‘दोस्रो खुल्ला मेयर कप पुरुष भलिबल प्रतियोगिता –२०८० को  शनिबार सम्पन्न खेलमा उपाधी ईलाका प्रहरी कार्यालयले जितेको छ।

    समापन फाइनल खेलमा बैधनाथ बाहिनी अत्तरिया लाई २/३ को सोझो सेटले पराजित गर्दै  ईलाका प्रहरी कार्यालयले उपाधी जितेको हो। खेलमा तेस्रोका भएको २५ नम्बर बाहिनी महेन्द्रनगर बिच भएको खेलमा विज्डम एकेडेमीले हात पारेका छन।

    प्रतियोगिताको विजेता ईलाका प्रहरी कार्यालयले नगद ६५ हजार, द्धितीय हुने बैधनाथ बाहिनी अत्तरियाले ५० हजार र तृतीय स्थान हासिल गर्ने विज्डम एकेडेमीले ३० हजारका साथै ट्रफि, प्रमाणपत्र वितरण प्राप्त गरेका छ्न।

    प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट बिशिस्ट अतिथी सुदुर पश्चिम् प्रदेश  खेलकुद समिती अध्यक्ष दिपक बहादुर सिंह ,बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको उपस्थिति रहेको थियो।प्रतियोगिताको सुरु मंसिर २६ गते देखि सुरु भएको प्रतियोगितामा १३ टिम सहभागी रहेको आयोजकले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट