२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

बेलौरीको रतनपुरमा जारी भेट्रान भलिवल प्रतियोगिता सम्पन्न उपाधी धनगढी ११ लाई 


  • २०८० भाद्र २९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ६२४ पाठक संख्या
  • बेलौरी,२९ भाद्र। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ रतनपुर स्थित श्री सिद्धनाथ मन्दिर समितिले भदौ १८ गते सोमबारदेखि सञ्चालन गरेको गौरा पर्व विशेष देउडा कार्यक्रम तथा भेट्रान भलिबल प्रतियोगिताको समापन शुक्रबार सम्पन्न भएको छ । भदौ २४ गतेसम्म सञ्चालन गर्ने भनिए पनि प्रतिकुल मौसमका कारण देउडा र भलिबल प्रतियोगिताका कार्यक्रम अवरुद्ध हुन गएकोले अन्तिम खेल बेलौरी खेलकुद बिकास समिती बि र धनगढी ११ बिच भएको खेलमा धनगढी ११ले बेलौरी खेलकुद बिकास समिती बि लाई ३ सेटमा पराजित गर्दै जित हासिल गरेको हो।

    कार्यक्रमको सभापति श्री सिद्धनाथ मन्दिर समितिका अध्यक्ष दिनेशराज भट्ट, प्रमुख अतिथी बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी ,बिशिस्ट अतिथी बेलौरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष किशनसिंह राना,त्रिभुवन माध्यमिक बिधालयका प्रधानाध्यापक हरिश ओझा लगायत जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, विद्यार्थी , सुरक्षाकर्मी तथा आम जनसमुदायलाई उपस्थितिको  रहेको थियो

    भलिबल प्रतियोगितामा प्रथम हुने टिम लाई नगद रु १५ हजार र दित्तिय हुने टिम लाई रु १० हजार प्रदान गरिएको सिद्धनाथ मन्दिर समितिका सचिव बलदेव भट्टले जानकारी दिनुभयो । उक्त कार्यक्रममा आजिवन सदस्य , खेलका निर्णायक मण्डल ,खेल प्रशिक्षक,प्रयोजक ,सहप्रयोजक, मिडिया पार्टनर लाई  सम्मानित गरिएको थियो।कार्यक्रमम राजनितिक दलका प्रतिनिधि, विद्यार्थी , सुरक्षाकर्मी तथा आम जनसमुदायलाई उपस्थितिको उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट