२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

डेंगु रोग रोकथामका लागी स्वास्थ्य शाखा बेखबर:श्रीपुर प्रथामिक केन्द्रद्वारा सचेतना फैलाउदै


  • २०८० भाद्र १५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ५४७ पाठक संख्या
  • बेलौरी , १५ भाद्र ।कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्रथामिक स्वास्थ्य केन्द्रले डेंगु रोग सार्ने लामखुट्टे कसरी उत्पादन हुन्छ र रोगबाट कसरी बच्न सकिन्छ ।भन्ने उदेश्यका साथ शुक्रबार बेलौरी बजार क्षेत्रमा अनुगमन गरेको छ।

    श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीले बजारमा जनचेतना मूलक सन्देश प्रवाह गर्दै डेंगु रोकथामका लागि बजार बासिमा डेंगुको संक्रमणबाट बच्नका लागी पूर्व तयारी गर्दै पानी जमेका ठाउँहरूमा डेंगुका लार्भाहरू जम्न नदिन खाली पानी भरिएका टायर फोहर हटाउने कार्य गर्नुका साथै डेंगु सम्वन्धी सचेतना गराएको श्रीपुर प्राथमिक स्वास्थ केन्द्र बेलौरीका प्रमुख गोबिन्द बिष्टले जानकारी दिनुभयो। घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेंगुको सङ्क्रमणबाट बच्न सकिने समेत प्रमुख बिष्टले बताउनुभयो ।केही अगाडि डेंगुको कारण बेलौरी नगरपालिका वडा नम्बर ८ का २८ बर्षका युवकको मृत्यु भएको थियो । भने बेलौरी नगरपालिकामा रहेको स्वास्थ्य शाखा डेंगु नियन्त्रणका लागी कुनै ठोस रणनीति नबनाइ मुकदर्शक देखिएको छ।

    स्वास्थ्यकर्मीहरुले डेंगुको लक्षण, बच्ने उपाय, उपचार विधि, नियन्त्रणको तरिकालगायतका विषयमा आम नागरिकलाई सचेत गराउदै टायर, जार, नाली लगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सो बाट बच्न ध्यान दिनुपर्नेमा जोड दिएका छन। अनुगमनमा महिला स्वास्थ्य स्वयंसेविका लगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट