२०८२ कार्तिक २१, शुक्रबार | Fri, 07, Nov, 2025

बेलडाँडी गाउँपालिकाले डेंगु रोकथामका लागि जनचेतनामूलक  कार्यक्रमको आयोजना


  • २०८० श्रावण १६, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५९९ पाठक संख्या
  • बेलडाँडी , १६ श्रावण ।कञ्चनपुर को बेलडाँडी गाउँपालिकाले डेंगु लगायतका किट जन्य रोगबाट बच्नका लागि मंगलवार विहान जनचेतना मूलक र्याली निकालेको छ ।
    बेलडाँडी गाउँपालिका कार्यालय ,प्राथमिक स्वास्थ केन्द्र बेलडाँडी र ईलाका प्रहरी कार्यालय बेलडाँडीको संयुक्त सहभागितामा बेलडाँडी बजार र चवन्नी बजारमा जनचेतना मूलक सन्देश प्रवाह गर्दै डेंगु रोकथामका लागि माइकिङ गर्दै गाउँबासिमा डेंगुको संक्रमणबाट बच्नका लागी पूर्व तयारी गर्दै पानी जमेका ठाउँहरूमा डेंगुका लार्भाहरू जम्न नदिन खाली पानी भरिएका टायर फोहर हटाउने कार्य गर्नुका साथै डेंगु सम्वन्धी सचेतना गराएको बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले जानकारी दिनुभयो। घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेंगुको सङ्क्रमणबाट बच्न सकिने समेत अध्यक्ष रानाले बताउनुभयो ।

    स्वास्थ्यकर्मीहरुले डेंगुको लक्षण, बच्ने उपाय, उपचार विधि, नियन्त्रणको तरिकालगायतका विषयमा आम नागरिकलाई सचेत गराउदै टायर, जार, नाली लगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सो बाट बच्न ध्यान दिनुपर्नेमा जोड दिएका छन।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट