२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा


  • २०८० अषाढ २६, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५०८ पाठक संख्या
  • महेन्द्रनगर , कञ्चनपुर, २६ असार । कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने मुल नाराका साथ मंगलबार जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।

     

    कञ्चनपुरका नौ वटै स्थानीय तहहरूमा लक्षित उमेरसमूहका व्यक्तिहरूलाई १३ वटा प्राणघातक रोग विरुद्ध खोप लगाई पालिकाहरूलाई पुर्ण खोप सुनिश्चित गरिसकेपछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले बताउनु भयो ।

    पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सफल पार्न तोकिएको कार्य क्षेत्रमा खटिएका महिला स्वयंसेविका, अनमि तथा अहेवलाई नगद राशि तथा प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट