२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम


  • २०८० अषाढ १४, बिहिबार मा प्रकाशित १ साल अघि
  • ५८१ पाठक संख्या
  • कञ्चनपुर,१४ असार । कञ्चनपुरको बेलौरीमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । बेलौरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बिहिबार श्रीपुर प्राथामिक स्वास्थ्य केन्द्रको सभाहलमा एक कार्यक्रमका बिच किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

    किशोर किशोरी र महिला स्वास्थ्य स्वंयम सेविका र सरोकारवाला निकायको सहभागितामा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएका श्रीपुर प्राथामिक स्वास्थ्य केन्द्रका प्रमुख गोबिन्द बहादुर बिष्टले बताउनु भयो । यस्तै किशोर किशोरीहरुले उमेर नपुग्दै विवाह गर्ने, परिवार नियोजनका साधनहरुको ज्ञान र पहुच कम भएको, किशोर किशोरीहरुको पोषण अवस्था कमजोर भएको, मातृ मृत्युदर बढि भएकाले किशोर किशोरीहरु सचेत रहनुपर्ने श्रीपुर प्राथामिक स्वास्थ्य केन्द्र प्रमुख बिष्टले बताउनु बताउनुभयो ।

    श्रीपुर स्वास्थ्य प्राथामिक केन्द्रलाई किशोर किशोरी मैत्रि स्वास्थ्य संस्था बनाउन पहल भईरहेको र किशोर किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा तथा परामर्श सेवा प्रदान गरिरहेको प्रमुख बिष्टले जानकारी दिनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट