२०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

माया मेट्रो हस्पिटल को आयोजनामा बेलौरीमा रहेको वात्सल्या विद्या निकेतनमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सप्पन्न


  • २०८० अषाढ १, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ११७२ पाठक संख्या
  • बेलौरी : असार ०१। कञ्चनपुरको बेलौरीमा रहेको रहेको वात्सल्या विद्या निकेतन बेलौरी र धनगढीमा रहेको माया मेट्रो हस्पिटलको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

    शुक्रबार आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा
    हस्पिटलकी बालशल्य चिकित्सक डाक्टर सुलोचना दाहाल तथा डाक्टर खगेन्द्र सिह धामी, नर्सिङ स्टाफ सुनिता बिष्ट, फार्मेसी स्टाफ बिक्रम रावल लगायतको स्वास्थ्यकर्मीहरुको टोलीले उक्त स्कुलका विद्यार्थीहरुको चेकजाँच गरेको ऐरले बताए । शिविरमा हर्निया, हाईड्रोशिल, फाईरोग्रोसलसिस्ट, एनलफिसर लगायतका रोगहरु विद्यार्थीमा देखा परेको बताउदै उनले त्यस्ता विद्यार्थीहरुको हस्पिटलले विशेष छुटमा उपचार गर्ने समेत बताउनुभयो । स्वास्थ्य शिविरमा विद्यालयका ५५० जना विद्यार्थीहरुले विशेषज्ञ सहितको स्वास्थ्य सेवा लिएको वात्सल्या विद्या निकेतन बेलौरीका प्रिन्सिपल लक्ष्मणसिंह दियालले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट