२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

कराते प्रतियोगितामा पदक जितेका खेलाडीलाई बिधालयले गर्यो सम्मान


  • २०८० जेष्ठ २४, बुधबार मा प्रकाशित १ साल अघि
  • ९२८ पाठक संख्या
  • बेलौरी ,जेठ २४ । कञ्चनपुरकाे बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको श्री लक्ष्मी माध्यमिक बिधालय जबदियाले उत्कृष्ट नतिजा ल्याउने खेलाडीहरूलाई बुधबार सम्मान गरेको हो।भारत को बरेलीमा सम्पन्न इन्डो नेपाल कराते च्याम्पियनमा सहभागी बिधालयका ७ जना खेलाडिहरूलाइ सम्मान गरेको छ। सहभागीहरूले ४ गोल्ड मेडल र ३ सिल्भर मेडल गरि जम्मा ७ मेडल ल्याई उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन । जसमध्ये अनुपम शाही , राहुल भूल र पुर्णिमा गिरिले गोल्ड मेडल प्राप्त छन भने स्वस्तिका शाही ,शुजन चाैधरी ,टंक ठकुला र करुना चाैधरीले सिल्बर मेडल हासिल गरेको श्री लक्ष्मी माध्यमिक बिधालय जबदियाका प्रधानाध्यापक बिरेन्द्र सिंह भण्डारीले जानकारी दिनुभयो। खेलको मुख्य प्रशिक्षक मनिश खड्का हुनुहुन्थ्यो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट