पुनर्वास ,४ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिका का नागरिकले निःशुल्क रगत पाउने सम्झौता भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाले आफ्नो नगर भित्रका नगरिएको उपचारमा सहजताका लागि नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धनगढी र पुनर्वास नगरपालिका बिच बिहिवार सम्झौता भएको हो ।
सो सम्झौता अनुसार पुनर्वास नगरपालिकाका नागरिकले धनगढीको जुनसुकै अस्पतालमा उपचार गराउँदा रगतको आवश्यक परे नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रबाट निःशुल्क रुपमा ब्लड (रगत) उपलब्ध हुने भएको हो । नगरपालिका आफ्नो पालिकाको उपचारमा कुनै पनि किसिमको असहजता नहोस् र आफ्ना नागरिकले खोजेको समयमा सजिलै रुपमा रगत उपलब्ध होस भनेर नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रसँग सम्झौता गरेको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस