२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

बेलौरीको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क चर्मरोग उपचार शिविर सम्पन्न


  • २०८० बैशाख २२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • २६१ पाठक संख्या
  • माधब पौडेल ,बैशाख २२। स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा  एकदिने चर्मरोग उपचार शिविर श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा शुक्रबार सम्पन्न भएको छ।

    स्वास्थ्य कार्यालय कञ्चनपुरको आर्थिक बर्ष २०७९/०८० को कार्यक्रम अनुसार बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र मा छाला सम्बन्धि  चर्मरोग उपचार शिविर सेती प्रादेशिक अस्पतालका चर्मरोग विशेषज डाक्टर शम्भुदत्त जोशीद्वारा छाला सम्बन्धि रोगका बिरामीहरुका लागि नि शुल्क विशेषज्ञ उपचार गरिएको स्वास्थ्य कार्यालयका कञ्चनपुरका क्षयरोग तथा कुष्ठरोग फोकल पर्सन नरेन्द्र रावलले जानकारी दिनुभयो ।  छालामा सक्रमण भइ उपचार गर्न टाढा जान नसक्नेका लागि समयमै कुष्ठरोग लाई पहिचान गरि उपचार गरि अपांग बाट बचाउनका लागि शिविर सञ्चालन गरिएको फोकल पर्सन रावलले बताउनुभयो । श्रीपुर प्रथामिक केन्द्र बेलौरीमा  सञ्चालन भएको स्वास्थ्य शिविरमा १५२जना लाई विशेषज्ञ सेवा तथा नि शुल्क औसधि बितरण  गरिएको श्रीपुर प्रथामिक स्वास्थ्य केन्द्र बेलौरीका प्रमुख गोबिन्द बहादुर बिष्टले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट