२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

पुर्नवासमा उपमेयर संग जेष्ठ नागरिक स्वास्थ शिविर कार्यक्रमको शुभारम्भ


  • २०८० बैशाख २०, बुधबार मा प्रकाशित १ साल अघि
  • ४५९ पाठक संख्या
  • पुनर्वास ,२० बैशाख ।कञ्चनपुरको पुर्नवास नगरपालिकामा उपमेयर संग जेष्ठ नागरिक स्वास्थ शिविर कार्यक्रमको शुभारम्भ गरिएको छ । बुधबार पुर्नवास नगरपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित त्रिभुवन स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरि उपमेयर भुलिया कुमारी रानाले कार्यक्रमको उद्धघाटन गर्दै उपमेयर संग जेष्ठ नागरिक स्वास्थ शिविरको शुभारम्भ गरिएको हो । आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रमबाट उपमेयर संग जेष्ठ नागरिक स्वास्थ शिविर कार्यक्रम पुनर्वास नगरपालिकाका ११ वटै वडाहरुमा ११ दिन सम्म सञ्चालन हुने छ । कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया कुमारी रानाले नगरपालिकाका जनताको स्वास्थ्य तथा विशेषगरी जेष्ठ नागरिक प्रति सहयोग गर्न स्वास्थ्य शिविरको आयोजना गरिएको र आउने दिनमा जेष्ठ नागरिक स्वास्थ शिविरलाई प्रोफाइलका रुपमा सञ्चालन गर्दै ल्यैजाने बताउनु भएको छ । स्वास्थ बिभागबाट २ लाख बराबरको औषधी र स्वास्थ सामाग्री माग गरेर ल्याएको र छोटो समय भएपनि निशुल्क स्वास्थ्य शिविर प्रभावकारी रुपमा अगाडी बढ्ने उपमेयर रानाले बताउनुभयो । यस्तै भागेस्वर सुगर मिल संग समन्वय गरेर प्रभाबित क्षेत्रमा किटनाशक औषधी छिटने काम गरिने पनि बताउनुभएको छ ।

     

    त्रिभुवन स्वास्थ्य चौकीका अध्यक्ष तथा पुर्नवास नगरपालिका वडा नम्बर ५ का अध्यक्ष पदम बहादुर रोकायले नगरपालिकाले जेष्ठ नागरिक स्वास्थ शिविर कार्यक्रममा बजेट बिनियोजित गरेकोमा नगरपालिका कार्यालयलाई धन्यवाद दिदै अब सामान्य उपचारकालागी धनगढी धाउन नपर्ने र जेष्ठ नागरिक स्वास्थ शिविर कार्यक्रममा सबै जानले स्वास्थ शिविरमा सहभागीता जनाइ सेवा लिन अनुरोध गर्नुभयो । उपमेयर संग जेष्ठ नागरिक स्वास्थ शिविरमा निशुल्क दन्तरोग बिषशेज्ञ सेवा, महिलारोग बिषशेज्ञ सेवा, निशुल्क रगत परिक्षण तथा निशुल्क चिकित्सकिय लगाएका सेवाहरु प्रदान गरिने त्रिभुवन स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मिराज जोशीले जानकारी दिनुभएको छ । शिविरमा नवजीवन अस्पताल र श्रीनगर डेन्टल क्लिनिक धनगढी कैलालीका बिषशेज्ञ डाक्टरहरुद्धारा निशुल्क सेवा प्रदान गरिने इन्चार्ज जोशीले बताउनुभएको छ । उपमेयर संग जेष्ठ नागरिक स्वास्थ शिविरको पहिलो दिन त्रिभुवन स्वास्थ्य चौकीमा अयोजना गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट