२०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई वात्सल्य विद्या निकेतनद्धारा सम्मान


  • २०७९ चैत्र १६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ८६१ पाठक संख्या
  • बेलौरी १६ चैत्र ,कञ्चनपुरको बेलौरी स्थित वात्सल्य विद्या निकेतनले बिहीबार नेपाली क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको छ ।

    कार्यक्रममा कञ्चनपुर क्रिकेट संघका अध्यक्ष तथा राष्ट्रिय क्रिकेट परिषद (क्यान) का सदस्य बिरेन्द्र बहादुर चन्दकाे प्रमुख आतिथ्यता रहेकोे कार्यक्रममा खेलप्रेमी समाजसेवी बुद्धिजीवी ,स्थानीय सञ्चारकर्मी ,बेलौरी उद्योग बाणिज्य संघ का प्रतिनिधि लगायत शिक्षक एवम् विद्यार्थीहरुकाे सहभागी रहेको थियो ।

    सम्मानित हुनेमा सुदूरपश्चिमबाट नेपाली क्रिकेटलाई विश्वसामु चिनाउनु हुने राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह ऐरी र भीम सार्की रहेका छन् । ३ जना खेलाडीहरूलाई विद्यालयको तर्फबाट मायाको चिनाे सहित जनही ४० हजार रुपैयाँ दरले र सुदूरपश्चिमकै राष्ट्रिय खेलाडी सन्दिप जाेरालाई नगदसहित सम्मान स्वरुप रु २० हजार नगद प्रदान गरिएको वात्सल्य विद्या निकेतन प्रिन्सिपल लक्ष्मण दियालले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट