२०८३ जेष्ठ १६, शनिबार | Sat, 30, May, 2026

बेलौरीमा पनि रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


  • २०७९ माघ १८, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६८९ पाठक संख्या
  • माधब पौडेल, १८ माघ , कञ्चनपुरको बेलौरी नगरपालिकामा तेस्रो नगर स्तरीय एवम् १३ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बेलौरीको खुला मञ्चमा सुरु भएको हो ।

    कार्यक्रमको सभापतित्व बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी प्रमुख अतिथिमा सुदुरपश्चिम् प्रदेश का मन्त्री सन्तोष कुमारी शर्मा बिशिस्ट अतिथि बेलौरी नगरपालिका का उपप्रमुख जोगराम चौधरी अतिथिमा जिल्ला खेलकुद बिकाश समिती कञ्चनपुरका कोषाध्यक्ष सुरेन्द्र शाही नगर खेलकुद बिकाश समितीका अध्यक्ष रामेश्वर न्यौपाने शिक्षाप्रेमी प्रेम सिंह बोहरा ,केशवराज जोशी लगायत बेलौरी नगरपालिका भित्र रहेका विभिन्न पार्टी प्रतिनिधि हरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदुरपश्चिम् प्रदेशका मन्त्री थापाले खेलकुदमा आवश्यक बजेट छुट्टाएर खेलकुदबाटै राष्ट्रका लागि खेलाडी उत्पादन गरिने समेत बताउनुभयो । कार्यक्रमको अन्त्यमामा बोल्दै सभापति बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले खेललाई सभ्य भब्यका साथ सम्पन्न गर्न लाई शुभकामना दिदै जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बेलौरी क्षेत्रमा आयोजना गरिए मा थप सहयोग गर्ने समेत बताउनुभयो । बुधबार बाट सुरु भएको प्रतियोगितामा बेलौरी नगरपालिका भित्रका सामुदायिक र सस्थागत बिधालय गरि २६ वटा बिधालय सहभागीता रहेको कार्यक्रम ३ दिनसम्म सञ्चालन गरिने बेलौरी खेलकुद बिकाश समितिका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन बेलौरी नगरपालिका शिक्षा शाखाका प्रमुख देब बहादुर चन्दले गर्नुभएको थियोे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट