धन बहादुर बिक ,पुनर्वास ,२७ मङ्सिर बिद्यालय स्वास्थ्य, पोषण कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठि आज पुनर्वास नगरपालिका को सभाहलमा सम्पन्न भएको छ ।
पुनर्वास नगरपालिका स्वास्थ्य शाखा पुनर्वास, कञ्चनपुर को आयोजना तथा सुआहारा कञ्चनपुर को सहकार्य मा आयोजित गोष्ठीको मुख्य उदेश्य किशोरी हरूमा आइरनको कमीले हुने रक्तअल्पताको नियन्त्रण मार्फत किशोरीहरूको पोषण अवस्थामा सुधार ल्याउने किशोरीहरूमा रक्तअल्पता न्यून गर्ने पोषण शिक्षा मार्फत किशोरीहरूमा आइरनयुक्त खानाको सेवन गर्ने व्यवहारमा सुधार ल्याउने कार्यक्रम को उदेश्य रहेको उक्त गोष्ठीमा जानकारी गरिएको थियो ।
आज पनि विश्वमा करिव १७ करोड गरिबीको रेखामुनि रहेका देश तथा गरिब परिवारका बालबालिका कुपोषित बाट सिकाुर हुनुपरेको विश्व स्वास्थ्य संगठन को तथ्यांक मा देखिएको गोष्ठीमा उल्लेख गरिएको थियो ।
किशोरीलाई स्वस्थ राख्न का निमित्त खानपान, उपचार सम्बन्धी कार्यहरू र रोगहरूबाट रोकथाम को बिषयमा सजग गराउदै पोषण युक्त खाद्य वस्तुको उपलव्धता, सर्वसुलभता, पहुंच, गुणस्तर र उपभोग गर्न सिकाउनुपर्ने आवस्यक रहेको पुनर्वास नगरपालिका स्वास्थ्य संयोजक रामबहादुर धामिले जोड दिनुभयो ।
१० देखि १९ बर्षका किशोरी हरूलाई हप्तामा एक दिन खुवाउने उक्त पोषण आईरन १३ हप्ताा र बर्षमा २६ हप्ता खुवाउनु पर्ने मापदण्ड रहेको सुआहारा सिनियर कार्यक्रम बिज्ञ रजनि चौधरी ले जानकारी दिनुभयो ।
पुनर्वास नगरपालिका सामुदायिक तथा निजी बिद्यालय का शिक्षक शिक्षिका तथा स्वास्थ्यकर्मी सहभागी उक्त कार्यक्रममा रजनि चौधरीले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम को व्यवस्थापन एबं सञ्चालन पुनर्वास नगरपालिका स्वास्थ्य संयोजक रामबहादुर धामिले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस