माधब पौडेल ,कञ्चनपुर,१ कात्तिक । कञ्चनपुरको बेलौरीमा प्रथम खुल्ला बेलौरी पेनाल्टी सुट–आउट प्रतियोगिता २०७९ को आयोजना हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित बेलौरी नगरपालिका वडा नम्बर ४ को आयोजनामा कात्तिक ६ गते अपरान्ह ४ बजेबाट बेलौरीको खुल्ला मञ्चमा प्रथम खुल्ला बेलौरी पेनाल्टी सुट–आउट प्रतियोगिता २०७९ को आयोजना हुन लागेकोबेलौरी नगरपालिका वडा न ४ का वडाध्यक्ष अर्जुन ढकाल ले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने टिमले कात्तिक ५ गते साझ ५ बजे सम्म टिम दर्ता गराई सक्नुपर्ने छ भने टिम दर्ता शुल्क रु. ३ हजार तोकिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले रु.३० हजार र द्धितिय हुने टिमले रु. २० हजार पुरस्कार प्राप्त गर्ने वडाध्यक्ष ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस