२०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025

बेलौरी क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न उपाधी खप्तड क्लबका भण्डारी र चौधरी लाई ।।


  • २०७९ आश्विन ३०, आईतबार मा प्रकाशित २ साल अघि
  • ४५६ पाठक संख्या
  • माधब पौडेल असोज २९ कञ्चनपुरको बेलौरीमा क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।बेलौरी ब्याटमिन्टन क्लब र उग्रतारा बाल विद्यालयको आयोजना र बेलौरी नगरपालिका वडा न ४ को मुख्यप्रयोजकमा आयोजित बेलौरी ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगिताको उपाधी खप्तड क्लबका जिवन भण्डारी र राज कुमार चौधरीले पाएका छन । तेस्तै उपविजेतामा विद्युत प्राधिकरण बेलौरीका शाखा प्रमुख कपिल जोशी र भाष्कर बोगटीलाई पाईएको छ । विजेतालाई नगद ३०हजार र उप विजेतालाई २०हजार सहित ट्रफि मेडल प्रदान गरिएको थियो ।बेलौरी ब्याटमिन्टन क्लब अध्यक्ष सुरज श्रेष्ठले खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि बेलौरी नगरपालिका ४का अध्यक्ष अर्जुन ढकालले खेलकुद विकासका लागि पहल गर्ने बताउनुभयो ।प्रतियोगिता यहि असोज २७ गतेदेखि २९ सञ्चालन भएको थियो।ब्याडमिन्टन प्रतियोगितामा २४टिमको सहभागिता रहेको अध्यक्ष श्रेष्ठ ले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट