२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

सिद्देश्वर जय पृथ्वी कप २०७९ ‘ को उपाधी बैजनाथ युवा क्लब बैवाह लाई


  • २०७९ आश्विन ३०, आईतबार मा प्रकाशित २ साल अघि
  • १६२ पाठक संख्या
  • कञ्चनपुर,२९ असोज । ‘सिद्देश्वर जय पृथ्वी कप २०७९ ‘ को उपाधी बैजनाथ युवा क्लब बैवाहले जितेको छ । शनिबार भएको फाइनल खेलमा सिद्देश्वर जय पृथ्वी क्लब ए ( आयोजक ए ) लाई हराउदै बैवाहले उपाधी उचालेको हो । फाइनल खेलमा आयोजक A लाई ८० रनले हराउदै वैवाहले उचालेको हो । पहिले ब्याटिङ गर्दै वैवाहले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । १ सय ४९ रनको लक्ष्य पन्छाउने क्रममा आयोजक ए ले १३ दशमलव ५ बलमा ६८ रनमै अल आउट भएको थियो । फाइनल खेलमा वैवाहका साजन बिटालु म्यान अफ द म्याच भएका छन । उनले आफ्नो टिमलाई जिताउन ४ ओभर गर्दै ५ विकेट लिएका थिए । सिद्देश्वर जय पृथ्वी कप २०७९ मा विजेता भएको वैवाहले नगद ३३ हजार ३ सय ३३ र उपविजेता आयोजक ए ले नगद २३ हजार ३ सय ३३ सहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । क्रीकेट प्रतियोगितामा आयोजक ए का हिमान्शु मोहरिया म्यान अफ द सिरिज भएका छन । त्यस्तै बेस्ट ब्याट्सम्यान र बेस्ट फिलडर आयोजक ए कै दिपक चन्द भएका छन । बैजनाथ युवा क्लब बैवाहका साजन बिटालु बेस्ट बोलर भएका छन ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट