२०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

बेलौरीमा श्रम ऐन तथा बाल श्रम रोकथामबारे सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • बेलौरी अनलाईन
  • २०८२ माघ २२, बिहिबार मा प्रकाशित २ महिना अघि
  • ६५६ पाठक संख्या
  • माधव पौडेल, २२ माघ। कञ्चनपुरको बेलौरी नगरपालिकाको सभाहलमा न्यायिक समितिको आयोजनामा बिहीबार श्रम ऐन तथा बाल श्रम रोकथाम सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको सभापतित्व बेलौरी नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक जोगराम चौधरी,कार्यक्रमको बिशिष्ट अतिथी बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर बुढाथोकी, अतिथिमा प्रशासकीय अधिकृत झपिराज ओझा, न्यायिक समिति सदस्य शिवराज राना र आरतीकुमारी चौधरी, सूचना अधिकारी राजेन्द्र बिष्ट लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा स्वागत मन्तव्य न्यायिक समिति सदस्य आरतीकुमारी चौधरीले राख्नुभएको थियो। बेलौरी नगरपालिका वडा नं. १ देखि १० सम्मका जनप्रतिनिधि,बाल क्लबका प्रतिनिधि, स्थानिय होटल व्यवसायी,श्रमिक प्रतिनिधि तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको विषयवस्तुको बारेमा न्यायिक समिति सदस्य शिवराज रानाले प्रकाश पार्नुभएको थियो।कार्यक्रममा बेलौरी नगरपालिकाका न्यायिक समितिका उजुरी प्रशासक विनोद चौधरीले न्यायिक समितिले गर्ने काम, अधिकार तथा स्थानीय तहमा हुने विभिन्न विवाद समाधान प्रक्रियाबारे जानकारी दिनुभएको थियो।अन्तरक्रियामा अधिवक्ता प्रमानन्द ओझाले श्रम ऐन तथा बाल श्रम रोकथामसम्बन्धी कानुनी प्रावधानबारे जानकारी गराउँदै बालबालिकालाई जोखिमयुक्त काममा लगाउन नपाइने, न्यूनतम उमेर, श्रमिकको पारिश्रमिक अधिकार, श्रम शोषण रोकथाम तथा कानुन उल्लङ्घन गरेमा हुने सजायका विषयमा जानकारी दिनुभएको थियो।कार्यक्रमको समापन गर्दै उपप्रमुख चौधरीले बेलौरी नगरपालिकाले श्रम शोषण तथा बाल श्रम न्यूनीकरणका लागि विभिन्न पहल गरिरहेको बताउँदै न्यायिक समितिमा ज्याला ठगीसम्बन्धी उजुरी आउने गरेको जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट