माधब पौडेल, २५ श्रावण। कंचनपुरको बेलौरी नगरपालिकामा बालमैत्री स्थानीय शासन, मौलिक हक, र नागरिक सहभागिता नीतिसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

आइतबार निड्स नेपालको आयोजना बेलौरी नगरपालिकाको समन्वय तथा युरोपियन युनियन र संयुक्त राष्ट्र संघको आर्थिक सहयोगमा सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत बेलौरी नगरपालिकाको समन्वय र निड्स नेपाल र सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको संयुक्त आयोजनामा बालमैत्री स्थानीय शासनका सूचकहरू, मौलिक अधिकारको सुनिश्चितता, तथा बालबालिकाप्रति उत्तरदायी स्थानीय शासन प्रवर्द्धनका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। साथै, बालमैत्री स्थानीय शासनसम्बन्धी नगर समिति पनि गठन गरिएको छ।
कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी,नगरपालिकाका नगर उप–प्रमुख जोगराम चौधरी,नगर प्रवक्ता हर्क बहादुर भूल,निमित्त प्रमुख प्रशासकीय अधिकृत झपिराज ओझा, निड्स नेपालका अध्यक्ष दुर्गा खरेल,निड्स नेपालका प्रोग्राम म्यानेजर मिन बहादुर शाही लगायत बेलौरी नगरपालिकाका विभिन्न शाखा प्रमुख, वडा अध्यक्षहरू,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कार्यपालिका सदस्य,स्थानीय नगर बाल सञ्जालको अध्यक्ष लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।अभिमुखिकरण कार्यक्रमको सहजीकरण निड्स नेपालका कानूनी सल्लाहकार झंकर कुँवरले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस