२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

एन प्याब्सन कैलालीको जिल्ला भेला सम्पन्न  


  • २०८२ जेष्ठ ११, आईतबार मा प्रकाशित ११ महिना अघि
  • ५३७ पाठक संख्या
  • घनश्याम पौडेल,११ जेठ, कैलाली।राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) नेपाल कैलाली जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष ललित साउँदको सभापतित्वमा भएको भेलाको प्रमुख अतिथि एन प्याब्सनका राष्ट्रिय अध्यक्ष सुवास न्यौपाने रहनु भएको थियो।संस्थागत विद्यालयहरुले गुणस्तरीय शिक्षाको माध्यमबाट राष्ट्रिय रुपमा योगदान पुर्‍याउने कार्यका साथै ठुलो जनशक्तिलाई रोजगार प्रदान गरिरहेको चर्चा गर्दै एन प्याब्सनका राष्ट्रिय अध्यक्ष सुवास न्यौपानेले निजी विद्यालयहरूले स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट समाज र राष्ट्र हुँदै विश्वव्यापी प्रभाव पार्ने गुणस्तरिय शिक्षाको आवश्यकता रहेको बताउनु भएको थियो ।

    (एन प्याब्सन) नेपाल कैलाली जिल्ला उपाध्यक्ष वरुणा विष्टले स्वागत गरेको भेलामा केन्द्रीय उपाध्यक्ष तेजराज खनाल, केन्द्रीय उप महासचिव सतिशपाल चन्द, केन्द्रीय सदस्य राजेन्द्र प्रसाद चापागाईं लगायतले सम्बोधन गरेका थिए।भेलाले जिल्ला कार्य समितिको रिक्त पदहरुमा पदपूर्ति गरि छ । समितिको उपाध्यक्षमा रामचन्द्र आचार्य र सदस्यमा बुधराम चौधरी र सृष्टि हुमागाईलाई चयन गर्नुका साथै श्याम कार्कीको संयोजकत्वमा तिलक बोहरा र गोमा ढकाल सदस्य रहनु भएको सल्लाहकार समिति चयन गरिएको छ।भेलाको संचालन जिल्ला सचिव चेतराज कुवरले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट