२०८३ बैशाख २, बुधबार | Wed, 15, Apr, 2026

बेलौरीमा निर्माणाधीन खानेपानी टंकी परिसरमा एक जना मृत फेला


  • बेलौरी अनलाईन
  • २०८१ कार्तिक २८, बुधबार मा प्रकाशित १ साल अघि
  • ५५० पाठक संख्या
  • माधब पौडल,२८ कार्तिक। कञ्चनपुरको बेलौरी नगरपालिका १ मटैयामा निर्माणाधीन श्रीराम खानेपानी तथा सरसफाई आयोजनाको पानीटङ्की परिसरमा कृष्णपुर नगरपालिका २ बाणीका १९ वर्षीय यज्ञराज भट्टको आयोजनाको नजिक मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो। प्रहरी निरीक्षक चन्द अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत बताउनुभयो। मृतक भट्ट श्रीराम खानेपानी तथा सरसफाईको निर्माण ठेक्का पाएको शुसिल जे भी प्रेम डेभलपर्समा करिब ४ महिनादेखि काम गर्दै आइरहेको प्रोजेक्ट मेनेजर सुरज एडीले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट