बेलौरी ,२१ मङ्सिर ,कञ्चनपुर को बेलौरी नगरपालिका वडा नम्बर २ जबदियामा रहेको लक्ष्मी माध्यमिक बिद्यालय को ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै नव निर्वाचित प्रतिनिधिसभा सदस्य तारालामा तामाङले आफ्नो निर्वाचन क्षेत्र का सबै बिद्यालय मा शैक्षिक गुणस्तर का लागि कुनै प्रकारको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बिद्यालय मा भौतिक पुर्वाधार होस वा शैक्षिक क्षेत्र को गुणस्तर का लागि अतिरिक्त क्रियाकलाप मा होस आफ्नोतर्फबाट पहल गर्ने तर्फ जोड रहने आफ्नो भनाइमा व्यक्त गर्नुभयो । माननीय लामाले बिद्यालय को ५८ औं बार्षिकउत्सव सफलताको शुभकामना समेत दिनुभएको थियो ।
कार्यक्रममा बिद्यालय का प्रधानाध्यापक बिरेन्द्र भण्डारीले आर्थिक बर्ष ७८/७९ को कुल दुई करोड २ लाख ८२ हजार ३९६ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेका थिए
सो अवसरमा सुदूरपश्चिम प्रदेश पुर्व भौतिक पुर्वाधार विकास राज्य मन्त्री कुलबिर चौधरी , पुर्व शिक्षक तथा नेपाल टेलिकम का केन्द्रीय प्रतिनिधि तेजबहादुर शाही ले बिद्यालय लाई एक लाख अक्षय कोष सहयोग गर्ने चन्दादाता चन्द्र प्रकाश शर्मा लगायत ३ जनालाई दोसल्ला ओढाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष मायाकली चौधरी को सभापतित्वमा भएको कार्यक्रम का प्रमुखअतिथि प्रतिनिधिसभा सदस्य माननीय तारा लामा तामाङ रहनुभएको थियो भने बिशिस्ट अतिथि पूर्व भौतिक पूर्वाधार विकास राज्य मन्त्री कुलबिर चौधरी ,बेलौरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कलबिर चौधरी ,शिक्षा शाखा प्रमुख बेलौरी का देव बहादुर चन्द ,अतिथि मा पूर्व प्रधानाध्यापक यादवनाथ शर्मा तथा नेपाल टेलिकम केन्द्रिय कार्यालय का कर्मचारी तेजबहादुर शाही लगायत समाजसेवी / बुद्धिजिवि अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
बिद्यालय का सह प्रधानाध्यापक अनिल पाण्डेले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन बुद्धि प्रसाद शर्माले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस