माधब पौडेल ,१६ मंसिर ,कञ्चनपुरकाे लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिंह रावल र आन्तरिक लेखा परिक्षक अशाेक सिंह साउँदकाे बिदाई गरिएकाे छ ।शुक्रबार फेरि भेटौला कार्यक्रम गर्दै अधिकृत रावल र लेखा परिक्षक साउँदकाे बिदाई गरिएकाे हाे । आगामी सफल कार्यकालकाे शुभकामना सहित पालिका अध्यक्ष निर्मल राना र सपना रानाले उहाँहरुलाई स-सम्मान बिदाई गर्नु भएकाे थियाे। प्रमुख प्रशासकीय अधिकृत रावल प्रधानमन्त्रीकाे कार्यालय काठमाडौंमा र आन्तिरक लेखा परिक्षक साउँदकाे आन्तिरक राजश्व कार्यालय धनगढीमा सरुवा भएकाे छ । लालझाडी गाउँपालिकामा अधिकृत रावल र लेखा परिक्षक साउँद २ वर्ष कार्यरत हुनुहुन्थ्याे । कार्यक्रममा जनप्रतिनिधि लगायत कर्मचारी हरुको सहभागिता रहेको थियो।
बिदाई कार्यक्रममा बाेल्दै अधिकृत रावलले स्थानिय निकाय सरकारकाे स्वरुप भएकाले स्थानिय सरकारले समग्र विकास गर्नु पर्ने बताउनु भयाे। बिधि, प्रकृया र सँरचना चाहिने भएकाले कार्यबिधिमा टेकेर काम मात्र बैधानिक काम मानिने उहाँले बताउनु भयाे ।जनप्रतिनिधि र कर्मचारी बिच समन्वय र सहकार्य हुन जरुरी रहेकाे समेत प्रमुख प्रशासकीय अधिकृत रावलले बताउनु भयाे ।
प्रतिक्रिया दिनुहोस