२०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

बेलौरीबाट लागूऔषध सहित बैतडीका तीन जना पक्राउ


  • २०७९ कार्तिक १३, आईतबार मा प्रकाशित ३ साल अघि
  • २६० पाठक संख्या
  • कञ्चनपुर, १३ कार्तिक । कञ्चनपुरको बेलौरीबाट प्रहरीले ५४.०८ ग्राम लागु औषध खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको छ । गए राति ०९:३० बजेको समयमा इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक दानसिंह भण्डारीको कमाण्डमा खटिएको गस्ती टोलीले बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित महाकाली मावि अगाडी हुलाकी राजमार्गमा सु.प.प्र. ०१–००१ ज १२८२ नम्बरको जिपमा सवार बैतडीको पाटन नगरपालिका वडा नम्बर ०६ बस्ने जिप चालक २७ वर्षीय गजेन्द्र चन्द, सोही ठाउँ बस्ने ३३ वर्षीय रमेश सिंह भण्डारी र सोही ठाउँ बस्ने ४० वर्षीय प्रकाश भण्डारीलाई पक्राउ गरेको हो । शङ्का लागी चेकजाँच गर्दा उक्त जिपमा चालक बस्ने सिटको अगाडी क्लोज प्लेटको तल बिछ्याई राखेको म्याटिस भित्र प्लाष्टिकको थैलीमा लुकाई छिपाई गरी राखेको अवस्थामा शुद्ध तौल गर्दा ५४.०८ ग्राम लागु औषध (खैरो हेरोइन) फेला पारी उनीहरू तीनै जनालाई नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट