कञ्चनपुर, ९ चैत्र । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने गोकलपुर बजार क्षेत्र सरसफाइ गरिएको छ । बिहिबार प्रहरी चौकी टेडुवा, प्रहरी चौकी फटिया र गोकलपुर व्यवस्थापन समितीका अध्यक्ष बिरेन्द्र शाही (बिरु) लगायतको संयुक्त टिमले प्रहरी साझेदारी अन्तर्गत सरसफाइ एवं लागू औषध सम्बन्धि जनचेतना मुलुक कार्यक्रम अनुसार गोकलपुर बजार क्षेत्र सरसफाइ गरिएको हो । प्रहरीले प्रत्येक महिना कार्यक्रम गरेरै बिगत देखि नै बजार क्षेत्रमा लागूऔषध दुब्यर्सनी न्यूनीकरणका लागि सरसफाइ तथा जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको प्रहरी चौकी टेडुवाका प्रहरी सहायक निरीक्षक करबिर सिंह भण्डारीले जानकारी दिनुभयो । भाङबाट लागूऔषध उत्पादनभई अहिलेका बालबालिकामा प्रत्यक्ष असर पुग्ने भएकाले प्रहरीले आयोजना गरेको कार्यक्रममा साझेदारी गरि सहयोग गरेको गोकलपुर बजार व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र शाही (बिरु) ले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस