२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

महाकाली बहुमुखी क्याम्पस बेलौरीमा ५ जनाको स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता


  • २०७९ फागुन २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ९०० पाठक संख्या
  • कञ्चनपुर,२७ फागुन । आगामी चैत ५ गते हुन गईरहेको स्ववियु निर्वाचनका लागि कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसमा बिभिन्न बिद्यार्थी संगठनबाट ४ जना र १ जना स्वतन्त्र उम्मेदवार सहित स्ववियु सभापतिमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन । स्ववियु निर्वाचनका लागि महाकाली बहुमुखी क्याम्पसमा शनिबार ४ बिद्यार्थी संगठन र १ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन । क्याम्पसमा नेपाल बिद्यार्थी संघ,नागरिक बिद्यार्थी समाज, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन तथा अखिल क्रान्तिकारी र १ जना स्वतन्त्र उम्मेदवारले सभापतिमा उम्मेदवारी दर्ता गराए पछि निर्वाचन समितिले प्रथम नामावली प्रकाशन गरेको छ । नेपाल बिद्यार्थी संघको तर्फबाट सभापतिमा निरज भण्डारी,सचिवमा कलावती राना,काषाध्यक्षमा मञ्जु अवस्थी,सदस्यहरुमा कबिता बोहरा,अस्मिता बिष्ट,पशुपती राना,बन्दना कुमारी बिष्ट र कल्पना चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।

    यस्तै नागरिक बिद्यार्थी समाजबाट सभापतिमा उर्मिला चौधरी,सचिवमा मख्खन चौधरी, काषाध्यक्षमा सुरज चन्द,सदस्यहरुमा दिलमाया चौधरी,बन्दना राना,सोनु खुना,प्रदिप चौधरी र दिपा चौधरीले उम्मेदवारी दर्ता गराएका छन । स्वतन्त्रबाट सभापतिमा रमेश तमोलीले उम्मेदवारी दर्ता गराएका छन । यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनबाट सभापतिमा हिरामोती चौधरी, सचिवमा यशोदा रेग्मी, काषाध्यक्षमा रमेश जोशी,सदस्यहरुमा राहुल कुमार बोट,दिलमाया राना,प्रेमसिंह चौधरी,मेनिका थापा र लक्ष्मि क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन । यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन तथा अखिल क्रान्तिकारीबाट सभापतिमा सपना चौधरी, सचिवमा भागरथि नेपाली, काषाध्यक्षमा दिपा राना, सदस्यहरुमा प्रदिप कुमार बोट,लक्षिराम राना,सुस्मिता चौधरी,चन्द्र कुमारी राना र आरती रानाले उम्मेदवारी दर्ता गराएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट